कार्प मकवानपुरद्वारा मामाघर नेपाललाई सहयोग

तु खबर संवाददाता
२०७४ चैत्र २१, बुधबार २०:०८

मकवानपुर, २१ चैत । मकवानपुरमा युवाहरु सामाजिक कार्यमा लागिपर्न थालेका छन् । पछिल्ला दिनहरुमा यहाँस्थित बालगृह, सामाजिक संघसंस्था, वृद्धाश्रम लगायतका संस्थाहरुमा गइ आफुले सकेका सेवा दिन युवाहरु लागी परेका हुन् । यसैको निरन्तरता स्वरुप विभिन्न सामाजिक कार्यमा अग्रसर कार्प मकवानपुरसँग आवद्ध युवाहरुले हेटौँडामा रहेको मामाघर नेपाललाई खाद्यान्न सहयोग गरेका छन् ।

कार्प मकवानपुरको आयोजनामा केही समयअघि सम्पन्न ५ दिने सेमिनारमा सहभागी युवाहरुको समूहले खाद्यान्न सयोग गरेका हुन् । उनीहरुले २ बोरा चामल, १ कार्टुन तेल, १ कार्टुन चाउचाउ, बिस्कुट १ कार्टुन र फ्रुटी १ दर्जन सहयोग गरेका हुन् । आज एक कार्यक्रमकाबिच कार्प मकवानपुरका संयोजक सुवाश लामाले मामाघर नेपालका संस्थापक अर्पण पराजुलीलाई सहभागी युवाहरुकामाझ सहयोग हस्तान्तरण गरेका हुन् । सामाजिक कार्यमा आगामी दिनमा पनि आफुहरु एकजुट भएर अघि बढ्ने संयोजक लामाले बताए ।

कार्प मकवानपुरले युुवावर्गमा भएका विभिन्न विचलनमा सुधार ल्याउने र युगले सुम्पेको युगीन दायित्व पूरा गर्न युवाहरुलाई शसक्तीकरण गर्ने उद्देश्यले चेतनामूलक, शिक्षामूलक एवं सेवामूलक विविध कार्यक्रम, सेमिनार र गोष्ठी देशव्यापी रुपमा संचालन गर्दै आईरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*