करिश्मा र रिना ले काजिशलाई आँखा झिम्क्याए पछि मच्चियो तहल्का

तु खबर संवाददाता
२०७४ चैत्र १९, सोमबार १९:२९

काठमाडौ, नेपाली लोकदोहोरीको संरक्षण र विकास गर्नको लागि र नेपाली मौलिक भाकालाई प्रर्बधन गर्नको लागि निरन्तर विन्ध्यावासिनी म्युजिक प्रा.लिको प्रस्तुतिमा प्रवासी गायक विष्णु बञ्जाडे र प्रकाश रिजालको बर्षकै सर्बोकृष्ट भाकामा रहेर तयार पारिएको गीत ”कोइलीले गाउँछ ” गीत बजारमा आएको छ ।

विदेशी भुमिमा रहेर पनि नेपाली कलालाई संरक्षण गर्नको लागि लागिपरेका गायक विष्णु बन्जाडे र गायिका कल्पना श्रीपालको सुमधुर आवाजमा मायाका जुहारी गीतमा रहेको छ । प्रेमका सर्वोकृष्ट भावहरुलाई कलात्मक तथा मौलिक रुपमा गीतमा जिवन्तता दिइएको छ । जवानीको लोभमा परेका मायालुलाई कसरी प्रेममा पर्दछन् भन्ने कुरालाई रमाइलो पारामा समेटिएको छ । विष्णु बन्जाडेको शब्द सिर्जनामा सुर्य खड्काको सुमधुर संगित संयोजनमा ”कोइलीले गाउँछ ” मा मौलिकता दिइएको छ ।

चर्चित मोडल तथा निर्देशक काजिश श्रेष्ठ , करिष्मा ढकाल,रिना र राजेन्द्रले गीतमा अभिनय गरेका छन् । मौलिक र डान्सिङ गित भएका कारणले पनि आम दर्शक तथा स्रोताले मन पराउने कुरामा आफु आशावादी रहेको गायिका कल्पनाले बताइन् । किरण चौसियारले छायाँकन गरेको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् भने दिपक विष्टले सम्पादन गरेका हुन ।

हेर्नुहोस भिडियो :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*