सवारी दुर्घटनामा १ को मृत्यू, १ घाईते

तु खबर संवाददाता
२०७४ चैत्र १९, सोमबार १८:४४
File Photo

काठमाडौं, १९ चैत । काठमाडौं महानगरपालिका–११ बबरमहल स्थित सडकमा बा. ८० प ११७३ नम्बरको मोटरसाइकल सोमबार आफै अनियन्त्रित भई बा.१ ग २२३५ नम्बरको बसमा ठोकिदा गम्भिर घाईते भएका मोटरसाइकलमा सवार युवकको मृत्यू भएको छ ।

काभ्रे पनौती–२ घर भएका १८ बर्षीय निश्चल बस्नेतको नर्भिक अस्पताल थापाथलीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका मोटरसाइकल चालक भक्तपुर बागेश्वरी घर भएका १९ बर्षीय उमेश फुयाँलको सोही अस्पतालमा उपचार भई रहेको छ ।

दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*