हेटौँडा बसपार्कबाट युवक पक्राउ

तु खबर संवाददाता
२०७४ चैत्र १९, सोमबार १८:२८
File Photo

हेटौँडा, १९ चैत । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कबाट एक युवक पक्राउ परेका छन् ।

आईतबार राति करिब साढे ७ बजे प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले बसपार्क स्थित सडक किनारामा संकास्पद रुपमा हिडिँरहेको अवस्थामा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर १४ बस्ने २० वर्षीय संदिप सुनारलाई नियन्त्रणमा लिएको हो ।

उनको शरिर खानतलासी गर्दा उनले लगाएको पाईन्टको अगाडीको खल्तीमा लुकाई छिपाई ल्याइएको अवैध लागू औषध गाँजा ४५ ग्राम फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

उनलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*