रिजन चेयर पर्सन रवि कँडेल एरिया चिफ कोअर्डिनेटरमा मनोनित
मकवानपुर, १९ चैत । मकवानपुर उद्योग वाणिज्य संघका सदस्य समेत रहेका लायन्स क्लबका रवि कँडेल शर्मा लायन्स क्लबको एरिया चिफ कोअर्डिनेटरमा मनोनित भएका छन् । कँडेल यस अघि रिजन चेयर पर्सनका रुपमा रहेका थिए ।
उनी ३ सय २५ बीटु अन्तर्गत रहेको ७ वटा एरिया अन्तर्गत एरिया चिफ कोअर्डिनेटरका रुपमा मनोनित भएका हुन् । यसमा वीरगंजदेखि महेन्द्रनगरसम्मका क्लवहरु पर्दछ । हाल मकवानपुरमा २३ लायन्स तथा १० लियो क्लव रहेको छ । लायन्स क्लव अफ इन्टरनेशनल ३ सय २५ बीटू नेपालका गभर्नर एम जे एफ सुनिल ओझाले कँडेललाई एरिया चिफ कोर्डिनेटरमा मनोनित गरेका हुन् ।
आफुलाई योग्य ठानेर मनोनित गरेकोमा कँडेलले गभर्नर ओझालाई धन्यबाद दिएका छन् । उनले गभर्नरको सहयोगीका रुपमा आफनो नेतृत्व रहने समेत बताएका छन् ।
