भीमफेदीको ग्रामिण क्षेत्रमा विद्युतिकरणको काम तिब्र
मकवानपुर, २६ फागुन । मकवानपुरको भिमफेदी गाउँपालिकाका विकट ग्रामिण क्षेत्रमा विद्युतीकरणको काम तिव्र पारिएको छ । विभिन्न क्षेत्रमा विद्युतीकरण गर्ने क्रममा अहिले भिमफेदी गाउँपालिका वडा नम्बर ८ इपामा विद्युतीकरणको काम धमाधम भइरहेको छ ।
गाउँपालिकाको तर्फबाट १५ लाख बजेट सहित नेपाल विद्युत् प्राधिकरणको सहयोगमा विद्युतीकरणको काम तिब्र पारिएको वडा नम्बर ८ का अध्यक्ष जगतमान घिसिङले जानकारी दिए । विद्युती करणको काम भएसँगै स्थानीयमा पनि खुशीयाली छाएको उनले बताएका छन् ।
हाल बैशाखसम्मका लागि गाउँपालिकाका केही वडामा विद्युतीकरणको काम भइरहेको भए पनि यो आर्थिक वर्षभित्र गाउँपालिका भित्रका सबै दुर्गम क्षेत्रमा समेत विद्युतीकरणको काम गरिसक्ने गाउँपालिका अध्यक्ष हिदम लामाले बताए । स्थानीयको चाहाना र आवश्यकतालाई मध्यनजरगरि जनप्रतिनिधिहरु समेत अगाडि बढिरहेको उनले बताए ।
