पूर्व गृह राज्यमन्त्री बानियाँले दिए डेढ लाखको छात्रवृत्ति

तु खबर संवाददाता
२०७४ फाल्गुन १६, बुधबार १९:२३

मकवानपुर, १६ फागुन । आफ्ना स्वर्गीय पिताको स्मृतिमा मकवानपुरका एक नेताले डेढ लाख बराबरको छात्रवृत्ति रकम सहयोग गरेका छन् । नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले बुधबार आफ्ना स्वर्गीय पिता छेमबहादुर बानियाँको स्मृतिमा निर्मल उच्च माध्यमिक विद्यालय बस्तीपुरमा सहयोग गरेका हुन् ।

बानियाँका स्वर्गीय पिता

सो विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार २७ जना विद्यार्थीको छात्रबृत्ति बापतको रकम एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । विद्यालयका कक्षा ११ र १२ मा पढ्ने गरिब, विपन्न तथा जेहेन्दार २७ छात्राछात्रको शिक्षादिक्षामा आर्थिक अभावबाट पढ्नबाट बञ्चित नहुन भन्ने उद्देश्यले एकलाख ५० हजार रुपियाँ विद्यालयलाई हस्तान्तरण गरिएको ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता बानियाँले बताए ।

बुधबार एक कार्यक्रमका बीच नेता बानियाँले उपलब्ध गराएको सो एक लाख ५० हजार रुपियाँ नेपाल प्रेस युनियन मकवानपुरका सहसचिव एवं काँग्रेस मकवानपुरका सूचना तथा संचार प्रमूख सुजन विडारीमार्फत विद्यालयका प्राचार्य प्रवोध विडारीलाई उपलब्ध गराइएको हो ।

विद्यालयले ११ र १२ कक्षाका १५ छात्रा र १२ छात्र गरी २७ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई एकवर्षसम्म अध्ययन गर्न सहजताको लागि सो रकम नेता बानियाँले उपलब्ध गराएको प्राचार्य विडारीले जानकारी दिएका छन् ।

यसअघिपनि नेता बानियाँले आफ्ना स्वर्गीय पिता छेमबहादुरको स्मृतिमा विभिन्न स्थानमा गरिव, असहाय र विपन्नहरुलाई सहयोग गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*