मकवानपुर बहुमुखी क्याम्पस संचालक समितिमा थप दुई एमाले नेता चयन

तु खबर संवाददाता
२०७४ फाल्गुन १५, मंगलवार १६:१०

मकवानपुर, १५ फागुन । मकवानपुर बहुमुखी क्याम्पस संचालक समितिमा थप दुई एमाले नेता चयन भएका छन् । क्याम्पसको उपाध्यक्षमा संविधानसभाका पुर्व सांसद अनन्त पौडेल र सेवा समिति संयोजकमा पूर्व सभासद तथा निर्वाचनका समयमा नयाँ शक्तिबाट एमालेमा प्रवेश गरेका प्रल्हाद लामिछाने चयन भएका हुन् ।

आज भएको क्याम्पस समितिको बैठकले पौडेललाई उपाध्यक्षमा र लामिछानेलाई सेवा समिति संयोजकमा चयन गरेको हो । क्याम्पसको सञ्चालक समिति अध्यक्षमा एमालेकै नेता तथा मुख्यमन्त्री डोरमणी पौडेल रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*