कमल थापा र इन्द्र बानियाँ हेलिकप्टर लिएर उड्नै लाग्दा बम पड्कियो

तु खबर संवाददाता
२०७४ मंसिर १३, बुधबार १४:००

मकवानपुर, हेटौंडा ६ रामनगरमा आज बिहान १० बजे लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई टार्गेट गरी बम बिस्फोट भएको छ ।

मकवानपुरको क्षेत्र नम्बर १ फापरबारीमा हुने चुनावी सभालाई सम्बोधन गर्न त्यसतर्फ जान लागेका उम्मेदवार कमल थापा, नेपाली काँग्रेसका प्रदेशसभा उम्मेदवारहरु इन्द्र बहादुर बानियाँ र धर्मराज लामिछानेसमेत हेलिकप्टर लिएर त्यसतर्फ उड्न लागेकै बेला बम बिस्फोट भएको पत्रकार रुपेश दुलालले बताएका छन् ।

उनका अनुसार, बाल जागृति युवा बर्ष माद्यमिक विद्यालयको चौरमा ल्याण्ड गरी राखिएको हेलिकप्टर उड्नै लाग्दा बम पड्किएको हो । त्यसबाट अहिलेसम्म कुनै मानवीय क्षति भएको सूचना छैन ।

लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु त्यसलगत्तै फापरवारी गएको रुलालले जानकारी दिएका छन् । बानियाँ पूर्व गृहराज्यमन्त्री हुन् भने थापा अहिलेका उपप्रधान तथा उर्जामन्त्री हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*