प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कारबाट अधिकारी पुरस्कृत

तु खबर संवाददाता
२०७४ कार्तिक ६, सोमबार ००:११

काठमाडौ, ३ भदौ ।  नेपाल पत्रकार महासंघ केन्द्रीय समिति तथा शिक्षा विभागको संयुक्त आयोजनामा भएको एक कार्यक्रममा तु खबरका सम्पादक गिरिजा अधिकारीलाई प्रदेश नम्बर ३ को  शिक्षा पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रम पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टको अध्यक्षतामा भएको थियो । उपप्रधान तथा शिक्षमन्त्री श्रेष्ठले अधिकारीलाई  शिक्षा पत्रकारिता पुरस्कार हस्तान्तरण गरेका हुन् ।

यसैगरी कार्यक्रममा राष्ट्रिय स्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने रु. ४० हजार राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ पत्रपत्रिकातर्फ ब्लाष्ट दैनिक (सुनसरी) लाई प्रदान गरिएको छ भने टेलिभिजनतर्फ कान्तिपुर टेलिभिजन (काठमाडौं) लाई प्रदान गरिएको छ । साथै, यसै वर्षदेखि सुरु गरिएको अनलाईन तर्फको संस्थागत शिक्षा पत्रकारिता पुरस्कार एडुखवर डटकमलाई प्रदान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*