राजनीति/ समाज
एकीकृत समाजवादीले ३३ विभाग प्रमुख र उपप्रमुख तोक्यो
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय विभागका प्रमुख र उपप्रमुख तोकिएको छ । पार्टीले ३३ विभाग प्रमुख र उपप्रमुख तोकेको हो । जसमा पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी सम्मानित नेता झलनाथ खनालले पाएका छन् । सो विभागको उपप्रमुखमा पार्टीका वरिष्ठ नेताद्वय डा.बेदुराम भुसाल र डा.विजय पौडेल तोकिएका छन् ।...
बागमती प्रदेश सभा बैठक बस्दै
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले आज बिहान ११ बजे बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गरेका हुन् । उक्त बैठकमा प्रदेश सरकारद्वारा विभिन्न समयमा ल्याएको चार वटा संशोधन गर्न बनेको विधेयक प्रस्तुत हुने कार्यसूची रहेको प्रदेश सभा...
‘सञ्चार माध्यमको वृद्धि विकासका लागि प्रदेश सरकार सदैव तयार छ’
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले सञ्चार माध्यमको वृद्धि विकासका लागि प्रदेश सरकार सदैव तयार रहेको बताएका छन् । रेडियो मकवानपुरको १५ औं वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २७ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको समापन तथा सामुदायिक सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले...
मन्त्री महर्जनद्वारा गौरीटार रंगशालाको निरीक्षण, फुटबल रंगशाला निर्माणको काम अन्तिम चरणमा
हेटौंडा । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले हेटौंडा–६ स्थित गौरिटार रंगशालामा निर्माणाधिन खेलकुद पूर्वाधारको स्थलगत निरीक्षण गरी पूर्वाधार निर्माणको प्रगति विवरणबारे जानकारी लिएका छन् । निरीक्षणका क्रममा मन्त्री महर्जनले सम्बन्धित कार्यालय र निर्माण व्यवसायी कम्पनीलाई निर्माण कार्य तोकिएको मितिभित्रै सम्पन्न गर्न निर्देशन दिँदै निर्माणको क्रममा त्यसको गुणस्तरलाई...
प्रेस चौतारी नेपाल मकवानपुरले मनायो स्थापना दिवस
मकवानपुर । प्रेस चौतारी नेपाल मकवानपुरले २७ औं स्थापना दिवस मनाएको छ । मंगलबार हेटौंडामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी प्रेस चौतारी मकवापुरले आफ्नो स्थापना दिवस मनाएको हो । कार्यक्रम प्रेस चौतारी नेपाल मकवानपुरकी अध्यक्ष सरिता दहालको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख...
बागमती प्रदेशः सर्वदलीय बैठक आह्वान
मकवानपुर । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक आह्वान गरेका छन् । सभामुख पाठकले संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच प्रदेश सभा संचालनका लागि मंगलबार बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठक आज अपराह्न ३ बजे बस्ने गरी बोलाइएको हो । प्रदेश सभाको बैठक यही माघ २३ गते...
मनहरीमा फागुन २ गते ल्होछार कार्यक्रम हुने
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ ठाडोखोलास्थित त्रिरत्न प्राविको प्राङ्गणमा सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम हुने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले मन्जुश्री सम्वत २८६१ डुल ल्हो (सर्प वर्ग) सोनाम ल्होछारको अवसरमा २ फागुन २०८१ मा कार्यक्रम आयोजना गरिने जनाएको छ । सो अवसरमा...
प्रेस चौतारी मकवानपुरको अध्यक्षमा सरिता दाहाल
मकवानपुर । प्रेस चौतारी नेपाल मकवानपुरको अध्यक्षमा सरिता दाहाल चयन भएका छन् । प्रेस चौतारी मकवानपुरको हेटौंडामा सम्पन्न नबौ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा दाहाल सर्वसम्मत चयन भएका हुन् । यस्तै, उपाध्यक्षमा पुरुषतर्फ शिव चौलागाईँ र महिलातर्फ प्रतिक्षा न्यौपाने चयन भएका छन् भने सचिवमा नविन तिमल्सिना, सह–सचिवमा सुमन दाहाल ,...
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ । यही माघ ३० गते बस्ने भनिएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको महासचिव घनश्याम भूसालले जानकारी दिए । महासचिव भूसालका अनुसार, उक्त बैठक आगामी फागुन ८ गते बस्ने तय गरिएको छ । यस्तै, एकीकृत समाजावदीको स्थायी कमिटी र...
माओवादी पदाधिकारी बैठक आज बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे प्रचण्ड निवास खुमलटारमा बस्ने गरी बोलाइएको हो । बठडकमा नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन, अवकाश विद्यार्थीहरूको व्यवस्थापन, पूर्व–पश्चिम तथा मध्य पहाडी राजमार्गमा हुने कार्यक्रमको खाका लगायत समसामयिक विषयमा छलफल हुने पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी...









