राजनीति/ समाज
आज संविधान सभा अध्यक्ष नेम्वाङको पहिलो स्मृति दिवस मनाइँदै
काठमाडौं । आज संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवस मनाइँदैछ । विभिन्न कार्यक्रमको आयोजना गरी तत्कालीन नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य नेम्वाङको स्मृति दिवस मनाइने भएको हो । स्व. नेवाङको गत २०८० साल भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको थियो ।...
प्रतिनिधि सभाको बैठक आज पनि बस्ने
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । त्यस्तै,...
कांग्रेसको पर्यटन विभागमा १० जना सदस्य मनोनीत
काठमाडौं । नेपाली कांग्रेसको पर्यटन विभागको सदस्यमा १० जनालाई मनानीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य आङ्गेलु शेर्पा प्रमुख रहेको पर्यटन विभागमा १० जना सदस्य मनोनयन गरेका हुन् । मनोनीत हुने सदस्यहरूमा क्रमशः खुम सुवेदी, बीरबहादुर महरा, दिपेन्द्र पाण्डे ‘कपिल’, लक्की कार्की क्षेत्री, छिरिङ डोल्मा शेर्पा,...
प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष सुरक्षा परिषद्को प्रतिवेदन पेश
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को पछिल्ला दुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा मंगलबार आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेल समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा २६६ को उपधारा...
सरकारी कार्यालयमा बसेर कर्मचारीले शेयर कारोबार गर्न नपाउने
काठमाडौं । सिंहदरबारसहित देशभरका सरकारी कार्यालयमा बसेर काम गर्ने कर्मचारीले अनलाइनमार्फत् शेयर कारोबार गर्न नपाउने भएका छन् । कर्मचारीहरू दिनभर काम भन्दापनि शेयर कारोबारमा लागेको गुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यस्तो व्यवस्था गर्न दिर्नेशन दिएको हो । प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय...
नयाँ आविष्कार र अनुसन्धानमा लाग्न प्रधामन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ–नयाँ आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा संगलबार आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७ औँ प्राज्ञसभामा बोल्दै प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ आविष्कार र अनुसन्धानमा लाग्न आग्रह गरेका...
एमालेका सांसदद्वारा उपसभामुखको राजीनामा माग
काठमाडौं । नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरको राजीनामा माग गरेको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष र शून्य समयमा बोल्ने एमाले सांसदहरूले उपसभामुख रानाको राजीनामा माग गरेका हुन् । उनीहरुले नैतिकताको आधारमा उपसभामुख रानाले राजीनामम दिनुपर्ने माग गरेका हुन् । बैठकमा सांसद सूर्य प्रसाद ढकालले सदनभित्र...
बाढीले बगाएर बेपत्ता माझीको शव ४ दिनपछि भेटियो
रौतहट । बकैया खोलाले बगाएर विगत ४ दिनदेखि बेपत्ता भएका एक जनाको भेटिएको छ । रौतहट चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव भेटिएको प्रहरीले जनाएको छ । बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा शव भेटिएको प्रहरीको भनाई छ । इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको टोलीले...
मन्त्री काफ्लेद्वारा प्रदेश सरकारको लगानीमा निर्माणाधिन संरचनाहरुको स्थलगत अनुगमन
मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकारको लगानीमा निर्माणाधिन संरचनाहरुको सोमबार स्थलगत अनुगमन गरेका छन् । मन्त्री काफ्लेले हेटौंडा–६ स्थित गौरीटार रंगशाला, हेटौंडा–१० स्थित पाउडर दूध तथा बटर उद्योग र हेटौंडा–११ मा निर्माणाधिन प्रादेशिक तरकारी थोक बजारको स्थलगत अनुगमन गरेका हुन् । प्रदेश सरकारको...
नेकपा माओवादी भीमफेदी–२ को दोस्रो अधिवेशन सम्पन्न
मकवानपुर । नेकपा माओवादी केन्द्र भीमफेदी गाउँपालिका २ नं. वडा कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशन नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सासंद कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा प्रमुख अतिथि मोक्तानले प्रविधि मैत्रीपूर्ण र समाज रुपान्तरणमा लाग्न पर्ने उन्नत बिचार समाजमा...










