राजनीति/ समाज

सार्वजनिक सवारीसाधनको एकमुष्ट कर प्रणाली लागू गर्नुपर्छः मन्त्री काफ्ले

मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले सार्वजनिक सवारी साधनको हकमा एकमुष्ट कर प्रणाली लागू गर्नुपर्ने बताएका छन् । बिहीबार हेटौंडामा अयोजित लोकतान्त्रिक यातायात व्यवसायी संघको प्रदेश सम्मेलनमा बोल्दै मन्त्री काफ्लेले एक मुष्ट कर प्रणालीमा समेट्न नसके यातायात क्षेत्रमा सुधार गर्न नसक्ने बताए ।...

राष्ट्रपति पौडेलद्वारा टीआरसी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक बिहीबार प्रमाणीकरण गरेका छन् । उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । संघीय संसद्का प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुवै सदनको बैठकबाट पारित...

मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ ५ बजे बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा मुख्य सचिव नियुक्तिबारे छलफल हुने स्रोतले बतायो । हालकी मुख्य सचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हद सकिँदैछ । यही भदौ १५ गते...

एमाले सचिवालय बैठक आज दिउँसो १ बजे बस्ने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी सम्भावित कार्यसूची रहेको...

एकीकृत समाजवादीका नवनिर्वाचित पदाधिकारी र पोलिटब्युरो सदस्यको शपथ आज

काठमाडौं । नेकपा एकीकृत समाजवादीको नवनिर्वाचित पदाधिकारी र पोलिटब्युरो सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । नवनिर्वाचित पदाधिकारी र पोलिटब्युरो सदस्यहरुले आज बिहान ११ बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा शपथ ग्रहण गर्ने भएका हुन् । उनीहरुले शपथ ग्रहण गरेलगतै पार्टी पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरुको...

कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक आज पनि बस्ने भएको छ । बैठक सभापति देउवाको निवास बुढानीलकण्ठमा बिहान ९ बजे बस्ने गरी बोलाइएको हो । केन्द्रीय समिति बैठकमा पेस भएका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनमा छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक आह्वान...

एमालेको भोलि बस्ने सचिवालय बैठकको कार्यसूची तय

काठमाडौं । नकेपा एमालेले भोलि बिहीबार बस्ने सचिवालय बैठकको कार्यसूची तय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यालय बैठकले कार्यसूची तय गरेको हो । केन्द्रीय कार्यालयको बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको हो । सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूची तय गरिएको एमाले प्रचार विभाग...

संस्कृति र परम्पराको जगेर्ना गर्न सदभावपूर्ण तरिकाले चाडपर्व मनाऔँः बानियाँ

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले संस्कृति र परम्पराको जगेर्ना गर्न सदभावपूर्ण तरिकाले चाडपर्व मनाउनुपर्ने बताएका छन् । बुधबार कांग्रेस मकवानपुर जिल्ला समितिद्वारा आयोजित तीज विशेष साँस्कृतिक कार्यक्रमलाई सम्बाधेन गर्दै सभापति बानियाँले भड्किलो तरिकाले चाडपर्व नमनाउन आग्रह गरे । उनले मौलिक संस्कृति र परम्परा झल्किने गरी...

हेटौंडा जेसीजको आयोजनामा साइकल जात्रा हुँदै

मकवानपुर । हेटौंडा जेसीजको आयोजनामा यही भदौ १५ गते साइकल जात्रा २०८१ हुने भएको छ । मकवानपुर जिल्ला साइक्लिङ् संघको सहकार्यमा करिब २५० जना साइकल यात्रीको सहभागितामा साइकल जात्रा आयोजना गर्न लागिएको हेटौंडा जेसीज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिएका छन् । हेटौंडा–४ हुप्रचौरबाट सुरु हुने साइकल...

उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक आह्वान

मकवानपुर । बागमती प्रदेश सभा अन्तर्गतको उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक आह्वान गरिएको छ । बैठक आज दिउँसो २ बजे बस्ने गरी आह्वान गरिएको हो । विगत एक वर्षदेखि विचाराधीन विधेयकमाथि छलफल गर्न उक्त बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । समितिको आज बस्ने बैठकले २०८०...