राजनीति/ समाज
कर्मचारीको माग गर्दै सिंहदरबारमा जनप्रतिनिधि
पूर्णप्रसाद मिश्र काठमाडौँ, २९ फागुन । गाउँगाउँमा सिंहदरबार पुगेको भनिए पनि दुर्गम जिल्ला मुगुका जनप्रतिनिधिले कर्मचारीको माग गर्दै सिंहदरबार धाउन थालेका छन् । जिल्ला सदरमुकामसमेत रहेको छायाँनाथ रारा नगरपालिकामा कर्मचारी नभएको भन्दै निर्वाचित प्रतिनिधिसभा सदस्य, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षसहितको समूह आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा...
विद्यादेवी भण्डारी मुलुकको तेस्रो राष्ट्रपति, यस्तो छ राष्ट्रपति निर्वाचनमा मतभारको हिसाब
काठमाडौँ, २९ फागुन । वामगठबन्धनकी साझा उम्मेदवार विद्यादेवी भण्डारी मुलुकको तेस्रो राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभएको छ । संघीय गणतन्त्र नेपालको राष्ट्राध्यक्षका रुपमा भण्डारीले दोस्रो कार्यकाल शुरु गर्न लाग्नुभएको छ । राष्ट्रपति भण्डारीले कूल ३९ हजार २७५ मतभार प्राप्त गर्नुभएको छ । संघीय संसद्का सदस्यको एक मतको भार ७९ कायम...
अत्यधिक मतले विद्यादेवी भण्डारी राष्ट्रपतिमा विजयी
काठमाडौँ, २९ फागुन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँले ३९ हजार २७५ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दीलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गर्नुभएको...
तस्बिरमा राष्ट्रपति निर्वाचनको झलक
काठमाडौँ, २९ फागुन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको निर्वाचन सकिए लगत्तै यो समाचार तयार पार्दासम्म मतगणना चलिरहेको छ । निर्वाचनमा संघीय संसदका पाँचजना सांसद अनुपस्थित भएका छन् । हेरौँ केही विशेष तस्बिरहरु–
राष्ट्रपति निर्वाचनको मतगणना शुरु, १८ मतदाता अनुपस्थित
काठमाडौँ, २९ फागुन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का पाँचजना सांसद अनुपस्थित भएका छन् । निर्वाचन आयोगका अनुसार संघीय संसद्का कूल ३३१ सांसदमध्ये डा बाबुराम भट्टराई, जितेन्द्रनारायण देव, प्रेम सुवाल, रमेश यादव र रेशमलाल चौधरी अनुपस्थित हुनुभएको हो । यस्तै, प्रदेशसभातर्फका कूल ५४९ प्रदेशसभा सदस्यमध्ये...
प्रदेश नं ३ को राजधानी नुवाकोट बनाउन माग
काठमाडौँ, २९ फागुन । नुवाकोट सरोकार समाजले प्रदेश नं ३ को राजधानी नुवाकोट बनाउनुपर्नेमा माग गरेको छ । समाजले पत्रकार सम्मेलनको आयोजना गरी मल्लकालमा साततले दरबार मुलुककै राजधानी भएको ऐतिहासिक तथ्यलाई उजागर गर्दै प्रदेश नं ३ को राजाधानी नुवाकोटलाई बनाउनुपर्ने माग गरेको हो । समाजका अध्यक्ष रामलाल श्रेष्ठले राजधानी...
मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछ : प्रम ओली
काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने बताउनुभएको छ । राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पत्रकारसँगको कुराकानीमा उहाँले सम्बन्धित दलहरुसँग छलफल चलिरहेको र चाँडै सरकारले पूर्णता पाउने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले विभिन्न चरणका निर्वाचन सम्पन्न भए पनि संक्रमणकालका केही विकृत...
घोडाघोडीका मेयरमाथि कसले हान्याे गाेली ? बाेक्सी प्रकरणसंग केहि छ साइनो ?
काठमाडौं / कैलालीस्थित घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी सांघातिक आक्रमणबाट घाइते भएका छन् । सुख्खडमा रहेको उनको घरमै बसिरहेका वेला बेलुकी ८ बजेतिर गोली प्रहार भएपछि उनी गम्भीर घाइते भएका हुन् । आक्रमण गर्नेहरु उनलाई गोली र खुकुरी हानी फरार भएका छन् । अहिले मेयर चौधरीको उपचार भइरहेको छ...
एक दुई दिनमै सरकार विस्तार हुनेछ : दाहाल
काठमाडौँ, २९ फागुन । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको संविधान, २०७२ कार्यान्वयन प्रक्रिया आधारभूत रुपमा पूरा भएको बताउनुभएको छ । संघीय संसद् भवन परिसर बानेश्वरमा आज राष्ट्रपति पदका लागि मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले आफू दोस्रो पटक प्रधानमन्त्री भएका बेला संविधान कार्यान्वयनका लागि...
राप्रपाद्वारा राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई समर्थन
काठमाडौँ, २९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने भएको छ । पार्टीका प्रवक्ता भुवन पाठकले आज जारी गर्नुभएको विज्ञप्तिमा वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै राष्ट्रिय हित तथा राष्ट्रिय एकताका लागि भण्डारीको पक्षमा पार्टीले मतदान गर्ने भनिएको छ । मुलुकको सामाजिक सद्भाव एवं प्रजातन्त्रको संरक्षण...










