बैंक/ बीमा/शेयर
आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चल्तीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ। राष्ट्र बैंकले आज सूचना जारी गरि साबिककै आकार तथा रङ्गमा रुपैयाँ पाँच दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको जनाएको छ। चलनचल्तीमा ल्याउन लागिएका नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालीन...
वैशाख महिनाका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक
काठमाडौँ — वैशाख महिनाका लागि तीन वटा वाणिज्य बैंकले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् भने दुई वटाले घटाएका छन् । बाँकी १५ वटा बैंकले एक वर्षे मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् । वैशाखमा एक वर्षे मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ६.०२५ प्रतिशत र न्यूनतम ४.०६१...
उच्च स्तरीय आर्थिक सुझाव सुधार आयोग : सबै पुनर्बीमा स्वदेशमै गर्नुपर्ने नीति घातक
काठमाडौं । सरकारले गठन गरेको उच्च स्तरीय आर्थिक सुझाव सुधार आयोगले स्वदेशमै मात्रै पुनर्बीमा गर्नु घातक रहेको हुँदा पुनर्बीमाको केही प्रतिशत हिस्सा विदेशी कम्पनीसँग गर्न सुझाव दिएको छ। जोखिम न्यूनीकरणको लागि पुनर्विमाको निश्चित हिस्सा विदेशी पुनर्विमा कम्पनीसँग गराउने व्यवस्था गर्ने आयोगले सुझाव दिएको हो । स्वदेशी पुनर्बीमा कम्पनीसँग मात्र...
शिखर इन्स्योरेन्सद्वारा तीनकुने क्षतिको १३ दिनभित्रै सबै दावी भुक्तानी
काठमाडौं । बीमा दावी परेपछि कम्पनीहरुले समयमा भुक्तानी नदिएका गुनासाहरु धेरै सुनिने गरेको भएपनि शिखर इन्स्योरेन्स कम्पनीले भने गत चैत्र १५ गते भएको तीनकुने घटनाको पहिलो दावी भुक्तानी १३ दिनभित्रै दिएको छ । यसलाई नयाँ रेकर्डको रुपमा लिइएको छ । बीमा प्राधिकरणका अनुसार गत चैत्र १५ गते भएको हुलदंगामा...
सांग्रिला विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १४ हजार ३१२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर विवरण उल्लेख गरी बालुवाटारस्थित...
अमेरिकी डलरको भाउ स्थिर
काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत २९ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। यसअनुसार एक अमेरिकी डलरको खरिददर १३८.४१ रुपैयाँ र बिक्रीदर १३९.०१ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनकै स्थिर दर हो। त्यस्तै युरोपियन युरो एकको खरिददर १५३.२९ रुपैयाँ र बिक्रीदर १५३.९५ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ...
एनआईसी एशिया बैंकको ऋणपत्र आजदेखि
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आज चैत २५ गतेदेखि वार्षिक ७ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ‘७ प्रतिशत एनआईसी एशिया डिबेन्चर २०९१’ निष्कासन गरेको छ। बैंकले प्रतिऋणपत्र १००० रुपैयाँका दरले जम्मा ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। सोमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ...
बीमितलाई १६ अर्ब भुक्तानी गर्न बाँकी हुँदा बोर्डको खातामा १ अर्ब
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवाप्रदायक संस्थालाई फागुन मसान्तसम्म १६ अर्ब ४५ करोड भुक्तानी गर्न बाँकी रहेको छ । तर, फागुन मसान्तमा बोर्डको खातामा जम्मा १ अर्ब रकम छ। स्वास्थ्य बीमा हाल ४८५ वटा सेवा प्रदायक स्वास्थ्य संस्था छन् । जसमध्ये ४०४ सरकारी, ३३ सामुदायिक र ४८ वटा निजी...
नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
काठमाडौं । विश्व बैंकले आर्थिक वर्ष २०२४ र २५ मा नेपालको आर्थिक वृद्धिदर ४।५ प्रतिशत रहने अनुमान गरेको छ। गत आर्थिक वर्ष २०२३ र २४ मा ३.९ प्रतिशत मात्र वृद्धि भएकोमा यसपालि सुधार आउने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ। बिहीबार सार्वजनिक ‘नेपाल विकास प्रतिवेदनः आर्थिक वृद्धि उकास्नका लागि उद्यमशिलताको...
प्राधिकरणका अध्यक्ष ओझाको मुद्दामा दुवै पक्षलाई छलफलमा उपस्थित हुन सर्वोच्चको आदेश
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष पदमा नियुक्त भएका शरद ओझाको नियुक्ति सम्बन्धि विवादमाथि आज सुनुवाई गर्दै सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा उपस्थित हुन आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश डा। नहकूल सुवेदीको इजलासले कारण देखाउ जारी गर्दै अन्तरिम आदेश जारी गर्ने कि नगर्ने...










