बैंक/ बीमा/शेयर

कोरोना बिरामीको ज्यान जोगाउने औषधि पत्ता लागेको वैज्ञानिकहरूको दाबी

बेलायतका अनुसन्धानकर्ताहरूले कोरोना भाइरसका गम्भीर बिरामीहरूको ज्यान जोगाउन सहयोग पुग्ने औषधि फेला पारेको दाबी गरेका छन्। बिबिसीका अनुसार, सस्तो र व्यापक रूपमा पाइने ‘डेक्सामिथासोन स्टेरोयड’ ले भेन्टिलेटर वा अक्सिजनको सहायतामा बसेका कोरोना संक्रमित बिरामीहरूको मृत्युदर एकतिहाइ घटेको अनुसन्धानकर्ताहरूको दाबी छ। यो औषधि दम, बाथ, छाला, फोक्सो र मस्तिष्क समस्याको...

बजारमा अब ‘क्लासिक टेक प्रभु टिभी’, ९ सयमै इन्टरनेट र टिभी !

हेटौंडा, २० फागुन । विगत दशवर्षदेखि नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको क्लासिक टेक प्रालीले टिभी सेवा बजारमा ल्याएको छ । क्लाासिक टेकले प्रभु टिभीसँग सहकार्य गरेर इन्टरनेटको साथै क्लासिक टेक प्रभु टिभीको नाममा टिभी सेवा ल्याएको हो । कम्पनीले ग्राहकहरुको लागि क्लाासिक टेक र प्रभु टिभीको सहकार्यमा विशेष...

बागमती प्रदेशको सबै सूचना एउटै पोर्टलमा प्राप्त गर्न ‘सूचना बैंक’

हेटौंडा, १९ फागुन । बागमती प्रदेशका सबै कार्यालयको सूचना एउटै पोर्टलमा प्राप्त गर्न सक्ने गरी सूचना बैंक सञ्चालन गर्न सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले सोमबार हेटौडामा सरोकारवालासँग छलफल गरेको छ । डिजिटल नेपालको परिकल्पनालाई साकार पार्न र सरकारी तथा सार्वजनिक निकायका सूचना एकद्धार प्रणालीबाट नागरिकलाई उपलब्ध गराउन सूचना बैंकको...

युवामाझ लोकप्रिय टिकटक एक जासुस एप !

–एजेन्सी, १८ फागुन । पछिल्लो समय निकै लोकप्रिय बनेको टिकटक (भिडियो बनाउने एप) डाउनलोड गर्नेको संख्या १ अर्ब ५० करोड पुगेको पुष्टि भएको छ । विश्वमा प्रत्येक महिना ५० करोड मानिसले सक्रिय भएर टिकटक चलाउने गर्नुहुन्छ । टिकटक सबैभन्दा चर्चित सोसल मिडिया प्लेट फर्म हो । टिकटक एक चीनियाँ...

अन्तरिक्षमा कसरी बित्यो क्रिस्टिनाको १ वर्ष ?

अब अन्तरिक्षमा घुम्ने ‘स्पेसवाक’का लागि पुरुषहरु माथिको आश्रय तोडिएको छ । बिहीबार महिलातर्फ सबैभन्दा धेरै समय अन्तरिक्षमा अध्ययनको लागि समय व्यतित गरेर नासाकी अन्तरिक्ष यात्री क्रिस्टिना कोच तीन सय २८ दिन पृथ्वी फर्किइन् । नासाकी अन्तरिक्ष यात्री क्रिस्टिनाले दुई विषयमा रेकर्ड राखेकी छिन् । पहिलो त महिला तर्फ सबैभन्दा...

‘नागरिकताकै अभिलेख सरकारी निकायसँग छैन’

हेटौंडा, १७ पुस । प्रदेश ३ का प्रमुख सचिव तोयम राईले नागरिकताकै अभिलेख सरकारी निकायसँग नभएको भन्दै डिजिटल माध्यमबाट महत्वपूर्ण कागजातको अभिलेख राख्नुपर्ने बताएका छन् । उनले नागरिकताकै अभिलेख सबै निकायसँग नभएको भन्दै अब डिजिटल व्यवस्थामा लैजान ढिलो भएको बताए । ‘नागरिककै अभिलेखको पूरा रेकर्ड सरकारी कार्यालयमा छैन ।...

किन आउँदैछन् मन्त्री बाँस्कोटा हेटौंडा ?

मकवानपुर, ३१ वैशाख । सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटा आज हेटौंडा आउँदैछन् । हेटौंडामा डाटा सेन्टरको उद्घाटन गर्न बाँस्कोटा आज आउने भएका हुन् । कोरिया अन्र्तराष्ट्रिय सहयोग नियोगको सहयोगमा ३७ करोड लागतमा डाटा सेन्टर निर्माणको काम सकिएको हो । देशको महत्वपूर्ण अभिलेख सुरक्षित राख्ने काममा यो सेन्टरले सहयोग गर्नेछ ।...

पाकिस्तानमा बम बिस्फोट हुँदा १६ को मृत्यु

एजेन्सी । पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटामा बम बिस्फोट भएको छ । उक्त बिस्फोटमा परी १६ जनाले ज्यान गुमाएका छन् । स्थानीय पुलिसका अनुसार यो बिस्फोट बिहान करिब ८ बजे हजारगञ्ज इलाकामा भएको हो । समाचार एजेन्सी एपीपीका अनुसार यो बिस्फोट बजारमा राखिएको पुलिस भ्यानलाई निशाना बनाएर गरिएको थियो...

इथियोपियामा विमान दुर्घटना हुँदा १५७ जनाको मृत्यु

काठमाडौं २६ फागुन । इथियोपियामा विमान दुर्घटना हुँदा १५७ जनाको मृत्यु भएको इथियोपियन एयरलाइन्सले जनाएको छ । इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको थियो । विमानमा १ सय ४९ जना यात्रु र चालक दलका ८ जना सदस्य रहेका थिए ।...

सबै सरकारी कार्यालयमा ‘ट्वीटर’ चलाउन हेल्लो सरकार तात्यो

काठमाडौं, १३ साउन । नेपालको सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा सामाजिक सञ्जाल ‘ट्वीटर’ सञ्चालन गर्ने तयारी थालिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको ‘हेलो सरकार कक्ष’ ले सबै सरकारी निकायले जनतासमक्ष सेवा र सूचना आदानप्रदान गर्नका लागि ट्वीटर सञ्चालन गर्न तयारी थालिएको हो । सरकारी कार्यालयले सबैलाई सूचना...