विश्व विविध

भेनेजुएला तटबाट अमेरिकाद्वारा सबैभन्दा ठूलो तेल ट्याङ्कर नियन्त्रणमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भेनेजुएलाको तटबाट एउटा विशाल तेल ट्याङ्कर नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्। अमेरिकी अधिकारीहरूका अनुसार यो अहिलेसम्म अमेरिकाले जफत गरेको सबैभन्दा ठूलो ट्याङ्कर हो, जसले दुई देशबीचको तनावलाई झन् चर्काउने संकेत दिएको छ। ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै भनेका छन हामीले भर्खरै एउटा अहिलेसम्मकै सबैभन्दा ठूलो...

थाइल्याण्ड-कम्बोडिया सीमामा तनाव : थाइल्याण्डद्वारा हवाई आक्रमण

काठमाडौं । दक्षिणपूर्वी एसियाली छिमेकी राष्ट्रहरू थाइल्याण्ड र कम्बोडियाबीच पुनः सैन्य तनाव चर्किएको छ । नयाँ लडाइँको शृंखलाको सुरुआतसँगै थाइल्याण्डले सोमबार कम्बोडियामाथि हवाई आक्रमण गरेको छ । यससँगै दुई महिना अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्ततामा भएको शान्ति योजना विफल हुने जोखिम बढेको छ । हप्तौँदेखिको तनाव र युद्धविराम...

भारतभर इन्डिगो उडान संकटमा : दिल्लीमा मात्रै २०० भन्दा बढी उडान रद्द

काठमाडौं ।भारतको सबैभन्दा ठूलो एयरलाइन्स इन्डिगो पछिल्ला चार दिनयता गम्भीर सेवा अवरोधको सामना गरिरहेको छ जसले देशभरका यात्रुहरूलाई ठूलो मात्रामा प्रभावित पारेको छ। दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा बढी प्रभावित बनेको छ । दिल्ली विमानस्थलका अधिकारीहरूका अनुसार शुक्रबार मात्रै १३५ प्रस्थान र ९० आगमन उडान रद्द भएका छन्।...

भारत भ्रमणमा पुटीन,मोदीद्वारा निजी रात्रिभोज

काठमाडौं ।नयाँ दिल्लीमा बिहीबार साँझ रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २४ घण्टाभन्दा अलिक बढी अवधि रहने भारत भ्रमणका लागि आइपुग्नेछन् । आगमनसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै आधिकारिक निवासमा पुटिनको सम्मानमा निजी रात्रिभोज आयोजना गर्ने तयारी गरेका छन्, जसले दुई नेताहरूलाई सार्वजनिक चहल-पहलबाट टाढा बसेर संवेदनशील कूटनीतिक तथा रणनीतिक मुद्दाहरूमा प्रत्यक्ष...

पाकिस्तानद्वारा रावलपिंडीमा प्रतिबन्ध खानको अवस्थामाथि प्रश्न

काठमाडौँ ।पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) अध्यक्ष इमरान खानको अवस्थाबारे फैलिएको व्यापक अनिश्चितता र अफवाहबीच सरकारले रावलपिंडीमा सबै प्रकारका सभा-जमघटमा कडा प्रतिबन्ध लगाएको छ। पीटीआईले योजना गरेको ठूलो विरोध प्रदर्शनलाई ध्यानमा राख्दै प्रशासनले डिसेम्बर १ देखि ३ सम्म तीन दिनका लागि धारा १४४ लागू गरेको हो। डिप्टी...

एयरबस ए-३२०मा सफ्टवेयर समस्या, विश्वभर उडान अवरुद्ध

काठमाडौँ । एयरबसले आफ्नो ए–३२० परिवारअन्तर्गतका करिब छ हजार विमानमा तत्काल सफ्टवेयर परिवर्तन आवश्यक परेको चेतावनी जारी गरेपछि विश्वभरका एयरलाइन्सहरूले उडान रद्द तथा ढिलाइको घोषणा गरेका छन्। अक्टोबर महिनामा जेटब्लूको एक ए–३२० उडानमा देखिएको प्राविधिक खराबीको मूल्याङ्कनपछि एयरबसले आफ्ना ग्राहकहरूलाई ‘तत्काल सावधानी अपनाउन’ अनुरोध गरेको थियो। कम्पनीका अनुसार तीव्र सौर्य विकिरणले...

शरण खोज्नेहरुलाई प्रवेश दिन राष्ट्रसंघको आग्रह

न्युयोर्क । संयुक्त राष्ट्रसंघ मानव अधिकार कार्यालयले अमेरिकामा शरण खोज्नेहरुलाई प्रवेश दिन र उनीहरुलाई कानुनी प्रकृयामा सामेल हुन दिन अनुरोध गरेको छ । मानव अधिकार कार्यालयका प्रवक्ता जेरेमी लरेन्सले अमेरिकामा एसाइलम खोज्नेहरु अन्तर्राष्ट्रिय कानून अन्तर्गत सुरक्षाको हकदार भएको बताएका छन् ।साथै  उनीहरुका लागि अमेरिकाले उचित कानुनी प्रक्रिया दिनुपर्ने समेत...

एनआरएनए कोरियाका पूर्व अध्यक्ष पुनलाई मानार्थ नागरिकता

सिओल ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरिया शाखाका पूर्व अध्यक्ष तथा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य दीपक पुनलाई कोरियाको सिओल महानगरपालिकाले मानार्थ नागरिकता प्रदान गरेको छ। केही दिनअघि सिओल सिटीहलमा आयोजित विशेष समारोहमा सिओलका मेयर ओ से–हुनले उनलाई सिओलवासीहरूको प्रतिनिधि भन्दै मानार्थ नागरिकता हस्तान्तरण गरेका हुन् । यसअघि...

हङकङको आवासीय क्षेत्रमा भीषण आगलागी : ९४ को मृत्यु, सयौं बेपत्ता

काठमाडौँ । हङकङको ताई पो क्षेत्रमा बुधबार राति भएको भीषण आगलागीमा कम्तीमा ९४ जनाको ज्यान गएको छ भने ७६ भन्दा बढी घाइते भएका छन्। आगोले आठ भवनमध्ये सात वटा आवासीय टावरलाई समेटेपछि घटना अत्यन्तै भयावह बनेको अधिकारीहरूले बताएका छन्। आगो अब पूर्णरूपमा नियन्त्रणमा आइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनापछि...

हङकङको आवासीय कम्प्लेक्समा आगलागी :कम्तीमा ४४ को मृत्यु

काठमाडौं ।हङकङको एक विशाल आवासीय कम्प्लेक्समा अचानक लागेको भीषण आगलागीले कम्तिमा ४४ जनाको ज्यान लिएको छ भने २७० भन्दा बढी अझै बेपत्ता छन्। दोस्रो विश्वयुद्धपछिको सबैभन्दा घातक आगो मानिएको यो दुर्घटना २० घण्टाभन्दा बढी समय बितिसक्दा पनि पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन। घना जनसंख्या र कडा निर्माण मापदण्डका लागि...