विश्व विविध

भारतीय पूर्व प्रधानमन्त्री सिंहको निधन

काठमाडौं । भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको ९२ वर्षको उमेरमा बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । अस्पतालले केहीअघि एक मेडिकल बुलेटिन जारी गर्दै राति ९ बजेर ५१ मिनेटमा सिंहको निधन भएको पुष्टि गरेको हो...

अफगानिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ५० जनाको मृत्यु

काबुल । मध्य अफगानिस्तानमा दुई वटा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ । दुवै दुर्घटना राजधानी काबुल र दक्षिणी कान्धार सहरको बिचमा पर्ने गाज्नी प्रान्तको एउटै राजमार्गमा बुधबार भएको प्रान्तका सूचना प्रमुखले बिहीबार एक्समा जानकारी दिएका हुन् । पहिलो दुर्घटनामा बस मध्य गाज्नीको शहबाज गाउँ...

फ्रान्सको मायोट क्षेत्रमा शक्तिशाली आँधी

पेरिस । हिन्द महासागरमा अवस्थित मायोट टापुमा शक्तिशाली आँधी आएको छ । यो चक्रवात झन्डै १०० वर्षमा यस क्षेत्रमा आएको सबैभन्दा शक्तिशाली आँधी रहेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । उक्त चिडो चक्रवातको वितण्डाका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । चक्रवातको समयमा हावाको वेग २२५ किलोमिटर...

दक्षिण कोरियामा शताब्दीकै ठूलो हिमपात

दक्षिण कोरिया । पूर्वी एसियाली मुलुक दक्षिण कोरियामा बाक्लो हिमपात भएको छ । विभिन्न विश्व मिडियाहरुले यसको खबर प्राथामिकताका साथ प्रकाशन गरेका छन् । कतारी विश्व च्यानल अलजजिराका अनुसार बिहीबार परेको हिउँ २० सेन्टिमिटरसम्मको थियो । नोभेम्बर महिनामा यस खालको हिँउ परेको रेकर्ड सन् १९०७ मा मात्रै भएको कोरियाली...

उत्तरप्रदेशमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तरप्रदेशमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दिल्लीबाट आजमगढ जाँदै गरेको डबलडेकर निजी बस अलिगढमा ट्रकको पछाडिको भागमा ठोक्किएर दुर्घटना भएको भएको थियो । मृत्यु हुनेमा...

उत्तरी गाजामा इजरायली हमला, कम्तीमा ३४ जनाको मृत्यु

गाजा । उत्तरी गाजाको बेइट लाहियामा रहेको पाँच तले आवासीय भवनमा इजरायली हवाई आक्रमण भएको छ । उक्त आक्रमणमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको स्थानीय नागरिक रक्षा एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार, मृतकमध्ये धेरै महिला र बालबालिका रहेका छन् । घटनामा सात जना घाइते भएको जनाइएको छ...

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् । उनी ४७ औं राष्ट्रपतिमा विजयी भएका हुन् । सन् २०१६ मा पहिलो पटक राष्ट्रपति भएका उनी २०२० को चुनावमा भने जो डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग हारेका थिए । त्यसपछि पुनः यस वर्षको निर्वाचनमा उम्मेदवारी दिएका उनले डेमोक्र्याट...

अमेरिकी राष्ट्रपति चुनावको मतगणना जारीः हालसम्म ट्रम्पको १९८ , ह्यारिसको ११२

न्यूयोर्क । अमेरिकाको राष्ट्रपति चुनावको मतगणना जारी रहेको छ । हालसम्म रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अग्रता कायम गरेका छन् । न्युयोर्क बाट सञ्चालित प्रतिष्ठित अनलाइन खसोखासले प्रकाशित गरेको समाचार अनुसार हालसम्म प्राप्त विवरण अनुसार ट्रम्पले १९८ इलेक्टोरल मत प्राप्त गरेका छन् भने अमेरिकाको वर्तमान उपराष्ट्रपति तथा...

गाजामा इजरायलको आक्रमणबाट कम्तीमा २५ जनाको मृत्यु

गाजा । उत्तरी गाजा पट्टीको बेत लाहिया सहरमा रहेको एउटा घरमा इजरायली बमबारी आक्रमणबाट कम्तीमा २५ जनाको मृत्यु भएको छ । प्यालेस्टिनको आधिकारिक समाचार संस्था वाफाले भग्नावशेषमुनि कैयौँ मानिस अझै बेपत्ता रहेको जनाएको छ । इजरायली सेनाले भने उक्त घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । गाजामा जारी इजरायली...

अमेरिकामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदै

काठमाडौं । अमेरिकामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । राष्ट्रपतिका लागि कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुन लागेको हो । तीमध्ये ट्रम्प पूर्व राष्ट्रपति हुन भने कमला उपराष्ट्रपति हुन् । उनीहरूबीच उम्मेदवार चयन भएसँगै कडा प्रतिस्पर्धा हुन लागेको हो । आज मतदान हुने भएपछि दुवै उम्मेदवारले सोमबार...