अर्थ/वाणिज्य

विदेश जानेले ३ हजार डलरसम्म सटही सुविधा पाउने

काठमाडौं । अबदेखि विदेश भ्रमणमा जाने व्यक्तिले साथमा ३ हजार डलर बराबरको रकम सटही सुविधा पाउने भएका छन् । यस अघि २ हजार ५ सय डलर मात्र साट्ने सुविधा थियो । आगामी आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन्...

सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, पसलहरू नियमित सञ्चालनमा

विलासी करको विरोधमा आन्दोलनरत सुनचाँदी व्यवसायीहरूले सरकारसँग सहमति भएपछि सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। हिजो अर्थ मन्त्रालयमा भएको वार्तापछि पसलहरू आजदेखि देशभर नियमित खुलेका छन्। सहमति अनुसार, सुनचाँदी र रत्न आभूषणमा लाग्ने कर प्रणाली अध्ययन गरी नीतिगत सुधार गरिनेछ। व्यवसायीको पहुँच सहज बनाउने गरी सुन आयातको व्यवस्था प्रभावकारी...

बिराटनगरमा नक्कली भ्याट बिलकाे व्यापक काण्ड

काठमाडौँ । विराटनगरका एक हार्डवेयर व्यवसायीलाई ८६ करोड रुपैयाँभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) छली गरेको अभियोगमा पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ । यो प्रकरणले स्थानीय व्यापार क्षेत्रमा तहल्का मच्चाएको छ भने अनुसन्धान विस्तार हुँदै धेरै व्यवसायी र फर्म संलग्न हुन सक्ने संकेतहरू आएका छन्। आन्तरिक राजस्व विभाग...

मौद्रिक नीतिको अन्तिम तयारीमा राष्ट्र बैंक

काठमाडौं ।नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेको छ। सरकारले लिएको छ प्रतिशतको आर्थिक वृद्धि दर र साढे पाँच प्रतिशतभित्रको मुद्रास्फीतिको लक्ष्य हासिल गर्न सहयोग पुर्‍याउने गरी राष्ट्र बैंकले नीतिगत रणनीति तय गर्दैछ। मौद्रिक नीतिको प्राथमिकता कर्जा विस्तार, खराब कर्जा नियन्त्रण, ब्याजदर सन्तुलन...

डलरको भाउ घट्यो, अन्य मुद्राको विनिमय दर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज असार २६ गते एक अमेरिकी डलरको भाउ ४ पैसाले घटेर खरीददर १३६.८२ रुपैयाँ र बिक्रीदर १३७.४२ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीदमूल्य ८९.५४ रुपैयाँ र बिक्रीमूल्य ८९.९३ रुपैयाँ, १० जापानिज यनको खरीदमूल्य ९.३४ रुपैयाँ र बिक्रीमूल्य ९.३८ रुपैयाँ...

यस्तो छ आजको लागी विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार २५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १३६.८२ रुपैयाँ र बिक्रीमूल्य १३७.४२ रुपैयाँ तोकिएको छ। त्यसैगरी अष्ट्रेलियन डलर एकको खरीददर ८९.५४ रुपैयाँ र बिक्रीदर ८९.९३ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरीददर ३६.४८ रुपैयाँ र बिक्रीदर...

थाहा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पुरी विरुद्ध अख्तियारद्वारा मुद्धा

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थाहा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीसहित पाँचजना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पुरीसमेत तत्कालीन लेखा अधिकृत हरि बहादुर खपाङ्गी मगर, ईन्जिनियर सन्तोष बोहरा र सहायक पाँचौ सुदर्शन पहेली, प्रदेश स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रका...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार २३ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १३६.३४ रुपैयाँ र बिक्रीमूल्य १३६.९४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरीदमूल्य ८९.३४ रुपैयाँ र बिक्रीमूल्य ८९.७४ रुपैयाँ र जापानिज यन १० को खरीदमूल्य ९.४३ रुपैयाँ र बिक्रीमूल्य ९.४७ रुपैयाँ...

निगमद्वारा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमद्वारा जारी गरिएको विज्ञप्ती अनुसार, पेट्रोलियम पदार्थमा भारी मुल्य वृद्धि भएको हो । मंगलबारबाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।...

ऊर्जा अक्सिजन सरह आवश्यक: मन्त्री खड्का

काठमाडौँ । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय दीपक खड्का शाङ्हाइ सहयोग संगठन अन्तर्गत आयोजित पाँचौँ ऊर्जा मन्त्रीस्तरीय बैठकको ‘प्यारालेल फोरम थ्री- पोलिसी इनोभेश फर  हाई-क्वालिटी इनर्जी डेभलपमेन्ट’ मा सहभागी भएका छन्। यस बैठकमा मन्त्री खड्काले नेपालको ऊर्जा रणनीतिका बारेमा महत्वपूर्ण धारणा प्रस्तुत गर्दै ऊर्जा सुरक्षालाई आधुनिक जीवनका लागि...