अर्थ/वाणिज्य
चौघडा बचत नयाँ भवनमा, मुख्यमन्त्री पौडेलद्वारा उद्घाटन
हेटौँडा, ०२ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ । आज एक कार्यक्रमकाबिच प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नवनिर्मित भवन उद्घाटन गरेपछि सहकारीले नयाँ भवनबाटै सेवा सुरु गरेको हो ।...
काठमाडौँको लाजिम्पाटबाट ५० लाख भारतीय नोटसहित २ जना नेपाली पक्राउ
काठमाडौं– प्रहरीले नेपालमा निषेधित ५ सय र एक हजार दरका झण्डै ५० लाख भारतीय रुपैयाँँ समेत २ नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङका सुनिल देव वैश्य, नुवाकोटका चेतबहादुर नेपाली छन् । काठमाडौंको लाजिम्पाट क्षेत्रमा भारतीय नोटको गैरकानूनी कारोबार भइरहेको भन्ने सूचना पाएपछि महानगरीय प्रहरी परिसरको टोली त्यहाँ...
मन्त्रीको नाममा बेरुजु !
नेपाल समाचारपत्रका अनुसार, मन्त्री भएका सांसदका नाममा संसद सचिवालयमा बेरुजु देखिएको छ । सचिवालयको आर्थिक प्रशासन शाखामा यस्तो बेरुजुको अभिलेख छ । शाखाका लेखापाल वैकुण्ठ उदासले मन्त्रीहरुले सांसदबापत पाएको रकम फिर्ता गर्नुपर्ने जनाउनुभएको छ । सांसदलाई खातामा पैसा हालिदिने गरेका छौं तर मन्त्री भएपछि प्रधानमन्त्री कार्यालयबाट तलब पाउनुहुन्छ, उदासले...
काठमाडौंमा रेल ल्याउन नेपाल–भारतबीच भयो यस्तो सहमति !
नयाँ दिल्ली–प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच काठमाडौंदेखि रक्सौलसम्म विद्युतीय रेलमार्ग निर्माण गर्ने सहमति भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओली र मोदीबीच भएको भेटवार्ताका क्रममा यस्तो सहमति भएको हो । सहमतिअनुसार पहिलो चरणमा भारतको आर्थिक सहयोगमा नेपाल सरकारसँगको सहकार्यमा एक वर्षभित्र प्रारम्भिक सर्वेक्षण...
मनहरी बजारमा १६ वटा सीसी क्यामेरा जडान एआइजी घिमिरे भन्छन्–‘लागूऔषधमुक्त मनहरी बनाऔँ’
शिवकुमार काशी / मनहरी–पश्चिम मकवानपुरको मनहरी बजारमा १६ वटा सीसी क्यामेरा जडान भएको छ । जडित क्यामेराको ३ नं प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक केशरीराज घिमिरेले उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै घिमिरेले भने–‘सुन्दर र सुरक्षित मनहरी मात्र होइन, लागूऔषधमुक्त मनहरी हुनु पनि जरुरी छ ।’...
सामाजिक सुरक्षा भत्ताका लागि पाँच अर्ब अपुग
काठमाडौँ । चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ताका लागि विनियोजित रकममा झण्डै रु पाँच अर्ब अपुग भएको छ । केन्द्रीय पञ्जीकरण विभागले चालु आवमा रु ३९ अर्ब रकम वितरण गर्नुपर्ने अनुमान गरे पनि रु ३६ अर्ब मात्र विनियोजन गरेकाले रकम अपुग भएको हो । “अपुग रकमका लागि अर्थ मन्त्रालयलाई...
बारा, पर्सा र धादिङमा आगो लाग्दा क्षति
बारा / पचरौता नगरपालिका–४ टेडा गुलेरीया बस्ने रमन रामको दुई वटा एक तले झुप्रो घरमा आगलागी हुँदा धनमालको क्षति भएको छ । प्रहरी अनुसार, बिरेन्द्र रामको एक तले झुप्रो घरमा समेत आगो लागेको छ । आगो लाग्दा चार लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । आगोमा परी ६०...
हेटौँडामा ३ सहकारीलाई उत्कृष्ट सहकारीको रुपमा सम्मान
हेटौँडा, २० चैत । ६१ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आज हेटौँडामा ३ उत्कृष्ट सहकारीलाई सम्मान गरिएको छ । राष्ट्रिय सहकारी दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा उत्कृष्ट सहकारी, उत्कृष्ट सहकारी बैंकको तर्फबाट नियमित कारोबार र उत्कृष्ट कारोबार गरि ३ विधामा उत्कृष्ट भएको भन्दै सम्मान गरिएको हो ।...
‘सहकारीलाई पर राखेर विकास हुन्न’–योजना मन्त्री ढुङ्गेल
मकवानपुर, २० चैत । प्रदेश नंबर ३ का अर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सहकारीलाई पर राखेर विकास संभव नभएको बताएका छन् । ६१ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आज हेटौँडामा राष्ट्रिय सहकारी दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले सहकारीबिना विकास सोच्न नसकिने बताएका...
बैशाखको पहिलो सातादेखि मकवानपुरमा आर्थिक गणना हुँदै
मकवानपुर, २० चैत । मकवानपुरमा आउँदो बैशाखको पहिलो सातादेखि प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ सञ्चालन हुने भएको छ । सरकारले आउँदो बैशाख २ गते देखि जेठ १५ गते सम्म आर्थिक गणना गर्ने भएको हो । जिल्ला आर्थिक गणना कार्यालय मकवानपुरको आयोजनामा जिल्लाभरीको आर्थिक गणना सञ्चालन गर्न लागिएको सोमबार हेटौडामा...










