अर्थ/वाणिज्य
करछली गर्दै आएको एलसेलमाथि पुनः आक्रमण, बाँकेमा २ वटा टावरमा आगजनी !
कृष्ण ओली, नेपालगन्ज । करछली गर्दै आएको एलसेलमाथि पुनः आक्रमण भएको छ । अज्ञात समुहले बाँकेका विभिन्न २ स्थानमा रहेका टावरमा आगजनी गरेको छ । खजुरा गाउँपालिका ८ रनियापुर र बैजनाथ गाउँपालिका ६ जि गाउँमा रहेको एलसेलको टावरमा अज्ञात समुहले शनिबार राती आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख...
प्राइम लाइफ इन्स्योरेन्सका अध्यक्षसहित ९ जनाविरुद्ध ठगी मुद्दा दायर
काठमाडौं, ३० वैशाख / नक्कली वैदेशिक रोजगार (म्यादी) जीवन बिमा जारी गरेको आरोपमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्षसहित ९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । कम्पनीको मिलेमतोमा नक्कली बिमा योजना जारी गरी ठगी भएको भन्दै महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता...
नारायणी संघद्वारा आफ्ना सदस्यहरुसँग छलफल
मकवानपुर । पछिल्लो समय सरकारी दबाब झेलिरहेका यातायात व्यवसायीहरुले यथार्थ जानकारी गराउन भन्दै शनिबार आफ्ना सदस्यहरुसँग छलफल गरेका छन् । संघका अध्यक्ष हिरालाल श्रेष्ठ, निवर्तमान अध्यक्ष बद्री चौलागाई, महासचिव सरोजकुमार खनाललगायतका कार्यसमितिले व्यवसायीसँग छलफल गरेको हो । वर्तमान अवस्थामा असहज परिस्थिति देखिएको भन्दै यसबाट नआत्तिन व्यवसायीलाई अध्यक्ष श्रेष्ठले अनुरोधसमेत...
कर्मचारीले चार महिनादेखि तलब पाउन सकेनन्
काठमाडौँ – नेपाल स्वास्थ्यकर्मी युनियनले देशभरका करीब ३० हजार कर्मचारीलाई चार महिनादेखिको तलब भत्ता उपलब्ध गराउन माग गरेको छ । गत माघ महिनादेखि ती स्वास्थ्यकर्मीले तलब खान नपाएपछि युनियनले सो विषयमा माग गरेको हो । युनियनका अध्यक्ष उज्ज्वलकुमार शर्माले कर्मचारीले विगत चार महिनादेखि तलब पाउन नसकेकोमा चिन्ता व्यक्त गर्दै...
फोर्ड गाडीले यसरी नेपाली ग्राहकलाई ठग्दैछ, ४० प्रतिशत बढी मूल्य
काठमाडौँ, १८ बैशाख । सवारी साधन उत्पादक कम्पनी फोर्डको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले बिक्री गर्ने ‘इकोस्पोर्ट टाइटानियम’ गाडीको बिक्रीमा ग्राहकबाट अस्वाभाविक रूपमा बढी रकम असुल्ने गरेको भेटिएको छ। आजको नेपाल समाचार पत्रमा समाचार छ । जीओ अटोमोबाइल्स प्रालिले उक्त गाडीको बिक्रीमा ४० प्रतिशतसम्म मूल्य असुलेर उपभोक्तालाई...
मुख्यमन्त्री पौडेलले हेटौँडामा भने–‘विदेशी सामान बढी प्रयोग भो’
हेटौँडा, १७ बैशाख । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विदेशी सामाग्रीको बढी प्रयोग गरि स्वदेशी सामाग्रीलाई हेला गरिएको बताएका छन् । सोमबार जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरले आयोजना गरेको सहकारी व्यवस्थापन कार्यशाला गोष्ठीमा बोल्दै मुख्यमन्त्री पौडेलले उत्पादनलाई भन्दा स्वदेश उत्पादनलाई बढि प्राथमिकता दिनुपर्ने बताए...
हेटौँडाका व्यवसायीहरुलाई लेखा तथा कर शिक्षा तालिम
हेटौँडा, १४ बैशाख । मकवानपुरको हेटौँडामा व्यवसायीहरुलाई लेखा तथा कर शिक्षा तालिम दिइएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा कार्यक्रम भएको हो । सरकारी नियमानुसार हिसाब–किताब राख्न सरल बनाउने उद्देश्यका साथ लेखा तथा कर शिक्षा तालिम आयोजना गरिएको संघले जनाएको छ । तालिम लिए पश्चात कुनै पनि व्यवसायी...
व्यवसायीको धम्कीले सरकार डराउँदैन, सिन्डिकेट तोडिन्छ : मन्त्री यादव
सुर्खेत–उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले सिन्डिकेटविरुद्ध यातायात व्यवसायीले दिएको धम्कीले सरकार विचलित नहुने बताएका छन् । यातायात व्यवसायीले जनतालाई सेवा भन्दा पनि बढी सास्ती दिएको भन्दै सरकारले कुनै हालतमा सिन्डिकेटलाई तोडेरै छाड्ने बताए । बुधवार भुकम्प मापन केन्द्र सुर्खेतको भवन उद्घाटन गर्न सुर्खेत आइपुगेका मन्त्री यादवले यस्तो बताएका...
त्रिभुवन विमानस्थलबाट १४ किलो सुनकाण्डका मुख्य अभियुक्त पक्राउ
काठमाडौं– प्रहरीले १४ किलो अवैध सुनकाण्डमा मुछिएका चिनियाँ नागरिक जेजोहोङलाई पक्राउ गरेको छ । फरार अभियुक्तको रुपमा रहेकी उनलाई प्रहरीले चीनबाट नेपाल आउने क्रममा मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । प्रहरीले २०७४ भदौ १४ गते काठमाडौंको सामाखुसी डेरा गरी बस्ने सिन्धुपाल्चोकका पेम्बादोर्जे शेर्पाको कोठाबाट १४ किलो सुन...
रेलमार्गमा लगानी गर्न प्रस्ताव गरेका छौँ : परराष्ट्रमन्त्री
काठमाडौं / परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केरुङ काठमाडौं पोखरा लुम्बिनी रेलमार्गमा लगानी गरिदिन चीनलाई प्रस्ताव गरेको बताएका छन् । ६ दिने औपचारिक भ्रमणबाट आज फर्केका उनले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा पत्रकारसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन् ।










