अर्थ/वाणिज्य

हेटौंडा भत्काएर चार लेनको बाटो बनाउँछौँ : मुख्यमन्त्री डोरमणि पौडेल (हेर्नुहोस् भिडियो)

मकवानपुर २९ माघ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा १६/१६ मिटर सडक विस्तार गर्ने बताएका छन् । आज तु खबरसंग बिशेष कुराकानी गर्दै उनले सडक विस्तारको विषयमा केन्द्रिय सरकारसंग छलफल गरेर आफुहरु अघि बढिरहेको बताएका हुन् । हेटौंडाभित्र २५/२५ मिटर सडक विस्तार नगरी १६/१६ मिटरमात्रै विस्तार...

तत्कालिन प्रधानमन्त्री बाबुराम बसेको घर होम स्टे बन्दै

मकवानपुर । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा रात बिताएका मकवानपुर मनहरी गाउँपालिका वडा नं. ४ टुवाङ्ग्रास्थित बनकरियाको एउटा घरलाई होमस्टेमा रुपान्तरण गरिने भएको छ । मनहरी गाउँपालिकाले होमस्टे निर्माणको लागि आवश्यक तयारी थालेको हो । जनताको घरमा प्रधानमन्त्री कार्यक्रम अन्तर्गत तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई सानो सोमलाल बनकरियाको घरमा एक...

भोलि शैक्षिक हड्ताल : ज्वाला

मकवानपुर । विप्लवले नेतृत्व गरेको नेकपाको विद्यार्थी संगठनले भोलि देशभरि शैक्षिक हड्ताल गर्ने भएको छ । मकवानपुर पार्टी संयोजक ज्वालाले बताए अनुसार, मकवानपुरमा पनि विद्यार्थी संगठनले शैक्षिक हड्ताल गर्नेछ । विप्लव आवद्ध विद्यार्थी संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्दू विकलाई झुठा मुद्धा लगाई पक्राउ गरिएको आरोप सो पार्टीनिकट विद्यार्थी संगठनको छ...

जहाँ सडक दस्तुर उठाईन्छ त्यहिँको बाटोको बिजोग

मकवानपुर २३ माघ । पूर्वपश्चिम राजमार्ग अन्र्तगतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडीमा सडकमा गुड्ने सवारीसाधनसंग बाटोमा सवारी चलाएबापत दस्तुर संकलन भईरहेको छ । दस्तुर संकलनको लागि ठेकेदारका मानिस घुम्ती राखेर जहाँ बसेका छन् त्यहाँकै करिब ४ सय मिटर बाटोको अवस्था भने हरिबिजोक छ । सडकमा सवारी गुडाएबापत सडक...

हेटौंडा अस्तपताल सुधार्न असमर्थ पौडेललाई फेरि त्यै जिम्मा !

मकवानपु्र । हेटौंडा अस्पताल विकास समितिको अध्यक्षमा हिजो सामाजिक विकास मन्त्रालयले प्रकाश पौडेललाई नियुक्त गरेको छ । सामाजिक रुपमा स्वच्छ छवी भएका नेकपा नेता प्रकाश पौडेल यस अघि पनि अस्पताल विकास समितिका अध्यक्ष भएका थिए । तर, अस्पतालको विकासमा भने उनले अशल काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना भएको...

अहिले बैंकको म्यानेजर छु तर मिडियाको भोक मरेको छैन : बिमल सञ्जेल – प्रबन्धक, साँग्रीला डेभलपमेन्ट बैंक मकवानपुर

मकवानपुर २९ मंसिर । मकवानपुरको हेटौंडामा २०४३ साल असोज २० गते जन्मिएर आफ्नो बाल्यकाल मकवानपुरमै बिताएका विमल सञ्जेल अहिले बैकिङ् क्षेत्रमा क्रियाशील छन् । सञ्चार क्षेत्रमा कुनै बेला राम्रो दख्खल राख्ने उनी अहिले बिहान सबेरैदेखि राति अबेरसम्म बैंकको व्यवस्थापनमा खटिएका भेटिन्छन् । मनहरी गाउँपालिकामा साँग्रीला डेभलपमेन्ट बैंकको शाखा प्रमुखको...

मुआब्जा माग गर्दै उच्च अदालतमा रिट

मकवानपुर । धरान चतरा सडक आयोजनाले निर्माण भएको संरचनाको मात्र क्षतिपुर्ति तथा मुआब्जा दिने भएपछि हेटौंडाको चौघडादेखि रंगशालासम्मको व्यक्तिहरुले जग्गाको समेत मुआब्जा मागेर उच्च अदालत हेटौंडा इजलासमा रिट निवेदन दर्ता गरेका छन् । समाचार तयार पार्दासम्म पनि पीडितहरुले सनाखत गरी छुट्टाछुट्टै निवेदन दर्ता गराइरहेका छन् । सो क्षेत्रमा पर्ने...

खानी बन्द भएको भन्दै खोलिदिन शिवम् सिमेन्टको पत्र वडा कार्यालयलाई

मकवानपुर । शिवम् सिमेन्टले आफ्नो खोरटार खानी बन्द भएको भन्दै खोल्न आवश्यक पहलको लागि मकवानपुरगढी–७ वडा कार्यालयलाई पत्राचार गरेको छ । विगत ६ बर्षदेखि निर्वाध संचालनमा रहेको खानी केही युवाहरुले अवरोध सिर्जना गरी बन्द गराएको भन्दै शिवम्ले वडा कार्यालयलाई समन्वय गरी संचालनको वातावरण बनाइदिन भनेको छ । खानी प्रमुख...

उद्यमी र विज्ञको एकै स्वर–‘प्रदेश राजधानी हेटौँडा नै उपयुक्त’

मकवानपुर, १५ कात्तिक । मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको छलफल कार्यक्रममा सहभागी उद्यमी तथा विज्ञहरुले प्रदेश ३ को राजधानीका लागि हेटौँडा नै उपयुक्त भएको निश्कर्ष निकालेको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सम्मिलित छलफल कार्यक्रममा सहभागिहरुले ३ नम्बर प्रदेशको राजधानी हेटौंडा उपयुक्त रहेको बताएका...

मकवानपुरका ५ वटा सहकारी सदस्यलाई लेखा व्यवस्थापन तालिम

मकवानपुर, ०९ कात्तिक । मकवानपुरको बकैया गाउँपालिकाका ५ वटा सहकारीका सदस्यहरु सहकारी लेखा व्यवस्थापन सम्बन्धि तालिममा सहभागी बनेका छन् । बाल कल्याण समाज मकवानपुरले मर्सिकोर नेपालसंगको सहकार्यमा सञ्चालन गरिरहेको सर्भ परियोजना अन्तर्गत आयोजित तालिममा उनीहरु सहभागी बनेका हुन् । बिहीबारबाट हेटौंडामा चार दिनका लागि सुरु भएको तालिममा धियालस्थित सवल...