अर्थ/वाणिज्य

सजिलो सहकारीको ९ औं साधारणसभा

हेटौंडा, २५ पुस । सजिलो उपभोक्ता सहकारी संस्था लिमिटेडको ९ औं साधारणसभा भएको छ । संस्थाका अध्यक्ष शेरबहादुर पहारीको अध्यक्षमा तथा हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । सहकारीका अध्यक्ष शेरबहादुर पहरीले सहकारीको वार्षिक प्रतिवेदन पेश गरेका थिए भने सचिव ध्रुब अधिकारीले कार्यक्रम संचालन...

हेटौंडा उपमहानगरको गौरव योजनाः प्रदेश मन्त्रालयलाई जग्गादेखि भ्युटावरसम्म

हेटौंडा, २१ पुस । हेटौंडा उपमहानगरपालिका कार्यालयले आफ्ना २० वटा गौरव योजना सार्वजनिक गरेको छ । हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका बैठकले आज आइतबार निर्णय गर्दै गौरवका योजना सञ्चालन गर्ने निर्णय गरेको थियो । हेउमनपाले प्रदेश मन्त्रालय, प्रदेशसभा भवनलगायतका अन्य कार्यालयहरुको लागि सम्भावित जग्गा छनौट गरेको छ । उक्त जग्गाको...

उद्योग संघ मकवानपुरको भवन उद्घाटन

हेटौंडा, १६ पुस । उद्योग संघ मकवानपुरको नयाँ भवनको आज बुधवार उद्घाटन गरिएको छ । हेटौंडाका नगर प्रमुख हरिबहादुर महतले भवनको उद्घाटन गरे । ९५ लाख रुपैयाँ लागतमा संघको सचिवालय तथा व्यवसाय स्रोत केन्द्र भवन निर्माण भएको हो । कार्यक्रममा बोल्दै प्रमुख महतले हेटौंडामा उद्योग स्थापना गर्न स्थानीय सरकार...

प्रदेश ३ लाई पर्यटनको ‘हब’ बनाउन १ अर्ब ३५ करोड खर्चिँदै

हेटौंडा, १६ पुस । प्रदेश ३ सरकारले भ्रमण वर्ष सन् २०२० भव्यरुपमा मनाउने भएको छ । मकवानपुरलगायत प्रदेशका सबै जिल्लामा भ्रमण वर्षको सुरुवात भइसकेको छ । प्रदेश ३ पर्यटनमा प्रचुर सम्भावना बोकेको प्रदेश हो । नेपालकै प्रसिद्ध धार्मिक स्थल, पदमार्ग, जलाशयलगायतका पर्यटकीय क्षेत्र यही प्रदेशमा छ । प्रदेश ३...

नेपाली बजारमा आज सुनचाँदीको भाउ बढ्यो, कति पुग्यो तोलाको ?

मकवानपुर, १५ पुस । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २०० रुपैयाले बढेको हो । सोमबार प्रतितोला ७३ हजार ३०० मा कारोबार भएको सुन मंगलबार २०० रुपैयाले बढेर ७३ हजार ५०० मा कारोबार भइरहेको छ ।...

हेटौंडा हुँदै गुड्ने रेलमार्गको डीपीआर निर्माण गर्न सम्झौता

हेटौंडा, १४ पुस । मेची–महाकाली विद्युतीय रेलमार्ग अन्तर्गतको निजगढ–हेटौंडा–भरतपुर खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि सम्झौता भएको छ । रेल विभाग र परामर्शदाता युसिन–बार्सिल–सीआरईईसी–एफबीसी जेभीबीच पुस ६ गते डीपीआर सम्झौता भएको हो । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार १५ महिनाभित्रमा डीपीआर सम्पन्न गर्ने गरी परामर्शदातासँग सम्झौता गरिएको हो...

तु खबर समाचार प्रभावः विद्युत् चोरी गर्ने ठेकेदारमाथि प्राधिकरणको ‘एक्सन’

हेटौंडा– मकवानपुरगढी गाउँपालिका वडा नं. ५ भालुखोला र वडा नं. ३ कालिखोला जोड्ने पुल निर्माणको क्रममा निर्माण कम्पनीले विद्युत चोरी गरेपछि विद्युत प्राधिकरण हेटौंडाले ‘एक्सन’ लिएको छ । प्राधिकरणले कम्पनीलाई कारबाहीको दायरामा ल्याउने भएको छ । तु खबर डटकममा निर्माण कम्पनीले विद्युत चोरी गरी पुल बनाउँदै आएको समाचार प्रकाशित...

विद्युत् चोरेर मकवानपुरगढीमा पुल बनाउँदै ठेकेदार

हेटौंडा– मकवानपुरगढी गाउँपालिका वडा नं. ५ भालुखोला र वडा नं. ३ कालिखोला जोड्ने पुल निर्माण सुरु भएको तीन बर्ष बितीसक्यो । करिब डेढवर्ष अघि नै पुल निर्माण सकाउनु पर्ने जिम्मेवारीका साथ काम सुरु गरेको निर्माण कम्पनी नागार्जुन÷शंकरमाली जेभीले अहिलेसम्म पनि आधा काम सकाएको छैन् । सम्झौता उलङ्घन गर्दै आएको...

आज सुनचाँदीको भाउ बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौँ, ७ पुस । सोमबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोलामा ३०० रुपैयाँले बढेको हो । महासंघका अनुसार, आज नेपाली बजारमा सुनभाउ बढेसँगै छापावाल सुन प्रतितोला७१ हजार ९०० मा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य तोलामा ७१ हजार ६०० मा...

भ्रष्टाचारबारे डरलाग्दो तथ्यांक सार्वजनिक : घुसमै खर्च हुन्छ व्यवसायीको ३५ प्रतिशत आम्दानी

निजी क्षेत्रका साना–ठूला व्यवसायीले व्यावसायिक कार्य सम्पादनका क्रममा आफ्नो आम्दानीको ३५ प्रतिशतसम्म रकम घुस दिनुपर्ने तथ्य बाहिर आएको छ । नेपाल उद्योग परिसंघले १ हजारभन्दा बढी उद्योगीहरूमा गरेको अध्ययनबाट निजी क्षेत्रले आफ्नो आम्दानीको ३० देखि ३५ प्रतिशतसम्म रकम घुस र टिप्समा खर्चिनुपरेको भेटिएको हो । ‘कतिपय अवस्थामा निजी क्षेत्रले ५७ प्रतिशतसम्म...