अर्थ/वाणिज्य
पेट्रोलको मूल्यमा वृद्धि, डिजेलको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल/मट्टितेलको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरेको जनाएको हो। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले वृद्धि भएको छ भने डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको छ।
घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि तोलामा दुई हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो...
यस्तो छ आजको विदेशी मुद्राको सटही दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४० रुपैयाँ २१ पैसा कायम भएको छ ।अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९१ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८९ पैसा...
आज प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९६ हजार ८००...
विदेशी विनिमय नियममा संशोधन, सटही सीमा बढ्यो
काठमाडौँ – नेपाल राष्ट्र बैंकले ‘विदेशी विनिमयसम्बन्धी एकीकृत निर्देशन’ संशोधन गर्दै विदेशी मुद्रा सटही सीमामा वृद्धि गरेको छ। अब भारतबाहेकका देशबाट सेवा आयात गर्दा एक पटकमा ८ हजार अमेरिकी डलरसम्म सटही सुविधा पाउने व्यवस्था गरिएको छ। यसअघि यो सीमा ५ हजार डलर मात्र थियो। नयाँ प्रावधानअनुसार नियामक निकायको सिफारिशमा...
सुनको मूल्य ऐतिहासिक उचाइमा, प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँ
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँले बढ्दै १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यससँगै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले...
देशभरीका उखु किसान आन्दोलित, अनुदान माग
काठमाडौं । उखुखेती गर्ने किसान यतिखेर आन्दोलित भएका छन् । उखुमा सरकारले दिँदै आएको अनुदानको निरन्तरता हुनुपर्ने उनीहरूको माग छ । महोत्तरीमा उखुखेती गर्ने किसानको सङ्ख्या १५ हजार हाराहारी छ । यसअघि सरकारले दिँदै आएको चिनी उद्योगमा बुझाइएको उखुमा अनुदान प्रतिक्विन्टल रु ७० यसपालि बजेटमा नपरेपछि किसान आन्दोलित भएका...
नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न संगठित प्रयास जारी : अर्थमन्त्री पौडेल
काठमाडौं— उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समयअघि नै नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर निकाल्न सरकारद्वारा संगठित र सघन प्रयास जारी रहेको बताएका छन्। मंगलवार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले नेपालले लिएको दृढ प्रतिबद्धता, कार्यान्वयनमुखी नीतिहरू र प्रभावकारी समन्वयका कारण ग्रे लिष्टबाट समय अगावै मुक्त हुने...
स्वास्थ्य सेवा प्रभावकारी बनाउन २१ सय जनशक्ति थप्ने प्रस्ताव
काठमाडौं – आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी छलफलका क्रममा अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच विशेष बैठक सम्पन्न भएको छ। सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टकृत सेवा र सेवा विस्तारका लागि संघीय अस्पतालमा कार्यरत डाक्टर, नर्ससहित २१ सय जनशक्ति थप गर्न प्रस्ताव गरेको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले...








