अर्थ/वाणिज्य

लाभकर बढाइएकोमा विरोध

काठमाडौँ, २१ जेठ (रासस) । सरकारले हकप्रद र बोनस शेयरमा समेत पूँजीगत लाभकर बढाएको भन्दै शेयर बजारका लगानीकर्ताले विरोध जनाएका छन् । उनीहरुले आज नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई ज्ञापनपत्र बुझाई उक्त व्यवस्था तत्काल हटाउन आग्रह गरे । सरकारले आजैदेखि लागू हुने गरी बोनस तथा...

कामना सेवा विकास बैंकको ४९ औँ शाखा हेटौँडामा

मकवानपुर, २१ जेठ । कामना सेवा विकास बैंक लिमिटेडले मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नम्बर ४, पारिजात पथमा आजदेखि बैंकको ४९ औं शाखा कार्यालय उद्घाटन गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक समिति अध्यक्ष सुदिप आचार्यको अध्यक्षता तथा मकवानपुर उद्योग बाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवालको प्रमुख आतिथ्यतामा...

३ वटा केन्द्रबाट वार्षिक ३३ हजार किलोग्राम चिज उत्पादन हुने

रसुवा, १९ जेठ । रसुवामा सञ्चालित तीनवटा चिज उत्पादन केन्द्रले वार्षिक ३३ हजार किलोग्राम चिज तथा ११ हजार किलोग्राम मखन उत्पादन गर्ने लक्ष्य लिएको छ । यहाँका धञ्चे केन्द्रले ११ हजार पाँच सय किलोग्राम चिज र तीन हजार नौ सय किलोग्राम मखन, चन्दनबारी केन्द्रले आठ हजार पाँच सय किलोग्राम...

सनराइज बैंक हेटौडाको वार्षिक उत्सव, स्वास्थ्य उपचारमा एक लाखसम्म दिने

मकवानपुर । सनराइज बैंक हेटौंडाको प्रथम वार्षिक उत्सव भव्य रुपमा मनाइएको छ । हेटौंडा शाखा प्रबन्धक सुदर्शन खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा पुर्ण शाक्य, प्रेम शाक्य, पुस्कर महत र वृन्दलाल श्रेष्ठले केक काटेर शाखाको वार्षिक उत्सवको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा वैंकसँग सहकार्य गर्ने व्यवसायी तथा शुभचिन्तकहरुलाई खादा ओढाएर...

मकवानपुरका लागि २ अर्ब ८५ करोड बजेट बिनियोजन, इन्द्रसरोवर गाउँपालिकालाई सबैभन्दा कम बजेट , कुन स्थानीय तहलाई कति ? (पूर्ण विवरण)

हेटौँडा, १७ जेठ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७५–०७६ मा मकवानपुरका लागि २ अर्ब ८५ करोड ९७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । हेटौँडाबाट प्रकाशित आजको ‘हेटौँडा सन्देश दैनिक’ मा यो समाचार प्रकाशन गरिएको छ । सरकारले मंगलबार बजेट भाषणमार्फत् मकवानपुरका १० वटै स्थानीय तहका लागि २...

दिगो विकासका लागिनिजी क्षेत्रको भूमिका अपरिहार्य

काठमाडौं, १७ जेठ । दीगो विकास लक्ष्य हासिल गर्नका लागि निजी क्षेत्र, नागरिक समाज र सरकारले जनतालाई केन्द्रविन्दुमा राखेर कार्ययोजनाका साथ अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । एलडीसीवाच, सापे र रेस्फेकले बुधबार आयोजना गरेको दीगो विकास लक्ष्यमा निजी क्षेत्रको भूमिका र जिम्मेवारी विषयक कार्यक्रममा सरोकारवालाहरुले यस्तो जोड दिएका...

सहकारी अस्पताल र सनराईज बैँकबिच स्वास्थ्य बिमा सम्झौता, खातावालालाई उपचारमा सहयोग

हेटौँडा, १७ जेठ । मकवानपुर सहकारी अस्पताल र सनराइज बैंक लिमिटेडबिच आफ्ना ग्राहकहरुका लागि स्वास्थ्य बिमा सुविधा सम्बन्धी सम्झौता भएको छ । यो सम्झौता पश्चात बैंकका बचतकर्ताहरुले मकवानपुर सहकारी अस्पतालमा भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्चमा रु. १ लाख रुपैयाँ सम्म नबढ्ने गरी आफ्नो बचत खातामा रहने वार्षिक...

चक्लेट, चुरोट र मदिराको भाउ बढ्यो, मोटरसाइकलको पनि

काठमाडौँ । मुख गुलियो पार्ने चक्लेट अब सर्वसाधारणका लागि तीतो हुने भएको छ । सरकारले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा मदिरा, चुरोट, सूर्तीजन्य पदार्थका साथै कोकामिश्रित चक्लेट, अत्तर (पफ्र्युम), खेलौना तथा रेफ्रिजेरेटरको अन्तःशुल्क वृद्धिको घोषणासँगै मूल्यवृद्धि हुने भएको हो । त्यसैगरी एक हजार सी. सी. भन्दा माथिका...

१३ खर्ब १५ अर्बको नयाँ बजेटः कुन क्षेत्रले कति पाए ?

– एलिजा उप्रेती काठमाडौं– संघीय सरकारले पहिलोपटक संघीय संसदमा बहुप्रतिक्षित बजेट पेश गरेको छ । बाम गठबन्धनको सरकारले मंगलबार (आज) आगामी आर्थिक वर्षको (२०७५/७६) लागि १३ खर्ब १५ अर्ब १४ करोड रुपैयाँको बजेट (वार्षिक आय— व्यय विवरण) पेश गरेको छ । चालू वर्षभन्दा आगामी आर्थिक वर्षको बजेटमा धेरै ठुलो...

८ महिनामै १६ हजार उद्योग दर्ता

काठमाडौँ, १४ जेठ । चालू आर्थिक वर्षको आठ महिनामा १८ हजार ५६२ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । साना उद्योगलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको सरकारले आइतबार संघीय संसद्मा प्रस्तुत गरेको चालू आवको आठ महिनाको आर्थिक सर्वेक्षणअनुसार ४० हजार १०० जनालाई रोजगार दिने गरी सो संख्यामा उद्योग...