अर्थ/वाणिज्य
हेटौँडामा पहिलो पटक बेतको सामाग्री बिक्री शुरु
जी.न्यौपाने मकवानपुर, १५ असार । हेटौँडामा बेत (कोन) का सामाग्रीहरुको बिक्री सुरु गरिएको छ । ‘हाम्रो घर संसार’ तथा सिद्धिविनायक काष्ठ उद्योगले बेतका सामाग्रीहरु निर्माण गरी बिक्री थालेको हो । बेतका सोफा सेट, झुला, झुल्ने कुर्सी, डाइनिङ टेबुल सेट, टी–टेबुल, कुर्सी, सोलाईट कभर, फुलदानी लगायतको सामाग्री बिक्री वितरण थालिएको...
उद्योग वाणिज्य संघका सदस्यहरुलाई छुटैछुट, औँषधिपछि अब होटलमा पनि छुट
मकवानपुर, ०५ असार । मकवानपुर उद्योग वाणिज्य संघका सदस्यहरुलाई विभिन्न सेवामा छुटको व्यवस्था गरिएको छ । सदस्यहरुले केही समय अगाडि औँषधिमा छुटको व्यवस्था गरिएको छ । अब संघका सदस्यहरुलाई होटलमा समेत छुटको व्यवस्था गरिएको छ । संघका सचिव विष्णुगोपाल महर्जनको अध्यक्षता होटल एशोशियसन तथा विभिन्न होटल व्यवसायीहरुबीच मंगलबार भएको...
‘महिन्द्रा प्यूरिफायरको बजार राम्रो छ’–बिक्री प्रमुख रामप्रसाद पण्डित
हेटौँडा, ०४ असार । बिगत २ बर्षदेखि महिन्द्रा प्यूरिफायर कम्पनी प्रा.लि.ले पानी प्यूरीफाई गर्ने मेसिन बजारमा बिक्री गरिरहेको छ । हुन त बजारमा अन्य प्यूरीफायर बेच्ने कम्पनीहरु पनि छन् तर महिन्द्रा प्यूरीफायरले छोटो समयमा बजार लिँदै छ । यसै विषयमा महिन्द्रा प्यूरीफायर कम्पनी प्रा.लि.का बिक्री प्रमुख रामप्रसाद पण्डितसँग तु...
पेट्रोलियम पदार्थको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य
हेटौँडा, ०४ असार । नेपाल आयल निगमले पटक–पटक पेट्रोलियम पदार्थको मूल्य बढाइरहेको अवस्थामा पछिल्लो पटक पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । करिब पाँचपटक भएको मूल्य वृद्धि चौतर्फी आलोचना भइरहेकै अवस्थामा मूल्य घटाइएको हो । निगमले पेट्रोलमा ३ र डिजेल र मट्टितेलमा २ रुपैयाँ घटाएको हो । नयाँ मूल्यसूची अनुसार...
सनराइज बैंक हेटौँडा शाखाद्वारा स्वास्थ्य बिमा रकम भुक्तानी, यस्ता छन् बिमाका विशेषताहरु
हेटौँडा, ०३ असार । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि ‘स्वास्थ्य बिमा सुविधा’ प्रदान गर्दै आएको छ । उक्त बिमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औसत मौज्दातको २५५ वा बिल रकम...
प्रदेश ३ को बजेट ३५ अर्ब ६१ करोड : हेटौंडा काठमाडौँ सुरुङमार्ग संभाव्यता अध्ययन गरिने – हेर्नुहोस् भिडियो
मकवानपुर, १ असार / आज प्रदेश नम्बर ३ को सरकारले आउँदो वर्षको बजेट सँसदमा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले ३५ अर्ब, ६१ करोड ५६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । मन्त्री ढुंगेलले संघीय समानुकरण अनुदानबाट ५ अर्व ९६ करोड ९७ लाख, आन्तरिक...
मूल्यवृद्धिविरुद्ध हेटौँडामा तरुण र नेविसंघको प्रर्दशन : केपी ओलीविरुद्ध यस्तो लाग्यो नारा – हेर्नुहोस् भिडियो
मकवानपुर । नेपाली काँग्रेस आवद्ध नेपाल तरुण दल र नेवि संघले हेटौंडामा मूल्यवृद्धि विरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ । राँके जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले ठाउँठाउँमा प्रदर्शनकारीमाथि हस्तक्षप गरेको थियो । मसाल खोस्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच ठाउँठाउँमा तानातान समेत भएको छ । तरुण दलका जिल्ला अध्यक्ष इश्वर...
असार १ गतेदेखि हेटौँडामा निःशुल्क गहुँको छ्वाली हस्तकला तालिम हुँदै
मकवानपुर, ३० जेठ । जिल्ला युवा समितिको कार्यालय मकवानपुरको आयोजनमा मकवानपुरको हेटौँडामा आउँदो असार १ गतेदेखि ‘१ महिने निःशुल्क गहुँको छ्वाली हस्तकला तालिम’ सञ्चालन हुने भएको छ । राष्ट्रिय युवा परिषदको लोपोन्मुख परम्परागत सिप युवा पुस्तामा हस्तान्तरण कार्यक्रम अन्तर्गत हुन लागेको तालिममा सहभागी हुन यही जेठ मसान्त (जेठ ३१...
बोल्ट लुब्रिकेन्टद्वारा मेकानिकहरुसँग अन्तरक्रिया
मकवानपुर । सवारीसाधनमा प्रयोग हुने लुब्रिकेन्ट बोल्टले सवारीसाधनका मेकानिकहरुसँग आज छलफल गरेको छ । हेटौंडामा भएको सो छलफल कार्यक्रम बोल्टका मकवानपुरका आधिकारिक विक्रेता मिराज कन्सर्न प्रा.लि र पर्साको लक्ष्मीवति कन्सर्न प्रा.लिले संयुक्त रुपमा आयोजना गरेको हो । मिराज कन्सर्न प्रा.लिका संचालक राजन खरेलले सवारीसाधनमा लुब्रिकेन्ट कसरी प्रयोग गर्ने भन्ने...
मकवानपुरलाई औद्योगिक र पर्यटनमा अगाडि बढाउन जोड
हेटौँडा, २४ जेठ । बीरगंजका भारतीय महावाणिज्यदुत बि.सी. प्रधानले मकवानपुरलाई औद्योगिक र पर्यटनमा अगाढि बढाउन सुझाव दिएका छन् । आप्mना विभिन्न परियोजनाहरुको अवलोकन गर्ने क्रममा मकवानपुर आएका भारतीय महावाणिज्यदुतसंग मकवानपुर उद्योग वाणिज्य संघले आज गरेको अनौपचारिक भेट तथा छलफलका क्रममा उनले त्यस्तो सुझाव दिएका हुन् । संघमै भएको छलफलको...









