अर्थ/वाणिज्य
दुई लाख ५० हजार अनुमतिपत्र छाप्न बाँकी
काठमाडौँ । यातायात व्यवस्था विभागले झण्डै दुई लाख ५० हजार सवारी अनुमतिपत्र (लाइसेन्स) छाप्न बाँकी रहेको जनाएको छ । अनुमतिपत्रका लागि लिइएको परीक्षा पास गरेका र नवीकरण गरेर उक्त सङ्ख्यामा अनुमतिपत्र छाप्नुपर्ने भएको हो । देशभरका यातायात व्यवस्था कार्यालयबाट एकै पटक धेरै सङ्ख्यामा नयाँ अनुमतिपत्रका लागि आवेदन दिएकाले यो...
हवाई भाडा बढ्यो
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध वायुसेवा कम्पनीले शनिबारदेखि लागू हुने गरी भाडा बढाएको उल्लेख...
कस्तो छ आज नेपाली बजारमा सुनचाँदीको भाउ ?
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो । मंगलबार तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार भाउ बढेसँगै प्रतितोला ८६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै तेजाबी...
पेट्रोलियम पदार्थको भाउ बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २÷२ रुपैयाँ बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निगमले आन्तरिक तर्फ हवाइ इन्धन प्रतिलिटर रु २ बढाएर ७४ रुपैयाँ बनाएको छ । निगमले ग्यास र हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) को...
माउन्ट नुप्त्सेको आरोहणका लागि ४ जनाले लिए स्वीकृति
काठमाडौं । बसन्त ऋतुका लागि पहिलो पटक माउन्ट नुप्त्से (७,८६४ मि) को आरोहणका लागि ४ जना आरोहीहरूले पर्यटन विभागबाट स्वीकृति लिएका छन् । विभागका अनुसार गत मंगलबार मात्र ४ जनाको टोलीमा आएको एक समूहले माउन्ट नुप्त्सेको आरोहणको स्वीकृति लिएका हुन् । विभागका अनुसार यो नै यो सिजनका लागि आएको...
सुनको भाउ बढ्यो
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच...
खाने तेलको भाउ बढ्यो
काठमाडौं । यो साता बजारमा खाने तेलको भाउ बढेको छ । दुई साताअघि घटेको सोयाबिनको तेलको भाउ प्रतिलिटरमा पुनः १५ रुपैयाँसम्मले बढेको नेपाल खुद्रा ब्यापार संघले जनाएको छ । प्रतिलिटर होलसेल २ सय रुपैयाँमा झरेको सोयबिनको तेलको भाउ पुनः २१५ रुपैयाँ पुगेको संघले जनाएको छ । तेलबाहेक अन्य खाद्यान्नको...
मुलुकको आर्थिक वृद्धिदर १.९९ प्रतिशत ऋणात्मक
काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले गत आर्थिक वर्षको मुलुकको आर्थिक वृद्धिदर ऋणात्मक देखाएको छ । विभागले बिहिबार गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमास र चालू आ.व २०७७/७८ को पहिलो त्रैमासको लेखा अनुगमन रिपोर्ट सार्वजनिक गर्दै यस्तो बताएको हो । विभागका अनुसार गत आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धिदर १.९९...
मलको समस्या सधैंको लागि अन्त्य भयोः मन्त्री अर्याल
काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले कृषि मलको समस्या सधैको लागि अन्त्य भएको बताएकी छन् । बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले मलको अभावमा किसानलाई परेको समस्यामा सधैको लागि अन्त्य भएको बताएकी हुन् । उनले आफूले मन्त्रालय सम्हालेपछि तत्कालिन रुपमा समस्याको समाधानको रुपमा गरिएको व्यवस्थापन, मध्यकालीन...
फेरि घट्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको भाउ घटेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । भाउ घटेसँगै आज छापावाल सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा...







