अर्थ/वाणिज्य
कर सप्ताह सुरु
चितवन । दशौं कर सप्ताहअन्तर्गत जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरले आजदेखि सुरु गरेको कर सप्ताह मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । विगत दुई वर्ष कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण खासै कार्यक्रम नगरिए पनि यसवर्ष सङ्क्रमण घट्दै गएकाले सप्ताहव्यापी रुपमा कार्यक्रम गर्न लागिएको...
अघिल्लो वर्षको तुलनामा एक अर्बले बढ्यो टेलिकमको आम्दानी
काठमाडौं । नेपाल देलिकमको आम्दानी रकम बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ को पहिलो त्रैमासको तुलनामा आय १ अर्ब १३ करोड रपैयाँले बढेको हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा टेलिकमले ८ अर्ब ६३ करोड रुपैयाँ आम्दानी गरेको थियो । जुन, यो वर्षको पहिलो त्रैमासमा ९ अर्ब ७७ करोड...
आज नेप्से २६ अंकले बढ्यो
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक २६ दशमलव ४४ अंकले बढेर २ हजार ७१५ दशमलव ३५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२८ कम्पनीको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड ४६ लाख...
३०० ले घट्यो सुनचाँदीको मूल्य
काठमाडौँ । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु आइतबार प्रतितोला रु ९४ हजार ६००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार...
आइतबार नेप्से ४ अंकले घट्यो, पौने ४ अबको कारोबार
काठमाडौं । आज साताको पहिलो दिन नेप्से परिसूचक ४ दशमलव ९५ अंकले घटेको छ । आज नेप्से ४ दशमलव ९५ अंकले घटेर २ हजार ६८५ दशमलव ३४ को विन्दुमा कायम भएको जनाइएको छ । आज २ सय ३० सूचीकृत कम्पनीहरुको ७२ लाख ३९ हजार ५ सय ८७ कित्ता शेयर...
कञ्चनपुरमा रु एक अर्बभन्दा बढीको क्षति
कञ्चनपुर । गत असोजको अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीले कञ्चनपुरमा रु एक अर्बभन्दा बढीको बालीनालीमा क्षति पुर्याएको छ । बाढीका कारण रु एक अर्ब १२ करोड १४ लाख ७० हजार मूल्य बराबरको बालीनालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । केन्द्रका अनुसार ६७ हजार...
सुनको मूल्य प्रतितोला रु ९४ हजार ६००
काठमाडौँ । नेपालको सुनचाँदी बजारमा केही दिन अघिदेखि लगातार बढिरहेको छापावाल सुनको मूल्य आज पनि प्रतितोला रु २०० ले उकालो लागेर रु ९४ हजार ६०० कायम भएको छ । पहेँलो धातु गत शुक्रबार प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...
सरकारले तोकेको मूल्य पाउँदैनन् किसान
देउखुरी । सरकारले तोकेको धानको न्युनतम समर्थन मूल्यभन्दा कम मूल्यमा दाङका व्यवसायीले खरिद गरिरहेका छन् । घोराही–६ का किसान लबरु चौधरीले मोटो धान रु दुई हजार ३०० क्विन्टलमा बिक्री गरेका छन् । धान खेती गर्ने किसानको मेहनत, मल, बीउमा लगाएको लगानीसमेत नउठ्ने अवस्था रहेको उनले गुनासो गरे । ट्र्याक्टरले...
व्यावसायिक उत्पादनमार्फत आत्मनिर्भर : मन्त्री बराल
गलकोट । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले व्यावसायिक उत्पादनमार्फत मात्रै आत्मनिर्भर बन्न सकिने बताएका छन् । बागलुङको ताराखोला गाउँपालिकाले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले आर्थिक समृद्धिका लागि तीन तहको सरकारले उत्पादनमुखी अर्थतन्त्रको अवधारण ल्याउनुपर्ने बताएका हुन् । मन्त्री बरालले सङ्घीयताको मर्मअनुसार स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच अझै पनि...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग
काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल आयल निगम घेराउ गरेका छन् । विद्यार्थी सङ्गठनले आम जनता र विद्यार्थीको चुलोसमेत बल्न नदिने गरी एलपी ग्यासलगायत पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै आज बिहान १० बजे नेपाल आयल निगमको केन्द्रीय कार्यालय टेकु घेराउ गरेका...










