एकैदिन प्रतितोला ८०० ले बढ्यो सुनको भाउ

तु खबर संवाददाता
२०७८ फाल्गुन १०,मंगलवार १५:४४
file-photo

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य फेरी बढेको छ । सोमबार प्रतितोलामा ९६ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एकैदिन ८ सयले बढेर प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी सोमबार प्रतितोला ९५ हजार सात सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजा ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।