हेटौंडा–१४ मा जारी टोल विकास संस्था स्तरीय ‘नाइन ए’ साइड फुटबल प्रतियोगिताः आज दुई खेल हुने
मकवानपुर । हेटौंडा–१४ मा जारी टोल विकास संस्था स्तरीय ‘नाइन ए’ साइड फुटबल प्रतियोगिताको आज दुई खेल हुँदैछ ।
पहिलो खेलमा चुरियामाइ टोल बिकास संस्थाले गौरी टोल बिकास सस्थाको सामना गर्नेछ भने दोश्रो खेलमा कालिदेवी टोल बिकास र पञ्चबुद्व टोल बिकास सस्था बिच हुने आयोजकले जनाएको छ ।
हिजो सोमबार भएको पहिलो खेलमा लक्ष्मी टोल विकास संस्थाले गौरी टोल विकास संस्थालाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
त्यस्तै, दोश्रो खेलमा आयोजक पञ्चबुद्व टोल बिकास सस्थाको ‘बि’ टिम र समृद्धि टोल बिकास सस्थाको ‘बि’ बीच भएको खेलमा आयोजक टिमले पञ्चबुद्व टोल बिकास संस्थाको ‘बि’ टिमलार्इ २–१ गोल अन्तरले पराजित गरेको थियो ।
