स्वास्थ्य अधिकृत चौलागाई सम्मानित

तु खबर संवाददाता
२०७७ आश्विन २५, आईतवार १८:००

मकवानपुर । मकवानपुरमा कोरोना भाइरस संक्रमण न्युनिकरण तथा व्यवस्थापनमा अग्रपङ्ती खटिरहेको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाई सम्मानित भएका छन् ।

स्वास्थ्य अधिकृत चौलागाईलाई आइतबार हेटौंडा भएको जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समिक्षा बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले कदरपत्रसहित सम्मान गरेका हुन्।

चौलागाईले मकवानपुरमा कोरोना संक्रमणको सुरुवाती देखिनै हेटौंडा उपमहानगरपालिका–४ कर्रा आईसोलेसन वार्डको प्रमुखको भुमिकामा कुशल कार्य गरेर आइसोलेसनमा बसेका संक्रमितहरुको मन जितेका थिए ।

हाल उनी गोरेक्षेश्वर कोभिड १९ स्वाब संकलन केन्द्रमा अग्रपङ्ती खटिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*