मकवानपुर सहकारी अस्पतालमा तनाब (भिडियो सहित)

२०७४ श्रावण ११,बुधबार २२:२५

हेटौंडा, २८ बैशाख । हेटौंडा उपमहानगरपालिका वडा नंं १७ घर भएका भरत अर्यालका बुहारी सुनिता अर्यालको सुत्केरी अप्रेसन गर्दा मृत्यु भएपछि अहिले मकवानपुर सहकारी अस्पतालमा तनाब भइरहेको छ । थुप्रै संख्यामा उपस्थित आफन्तहरुले नाराबाजी गरिरहेका छन् ।

अस्पतालमा आफन्तहरुले तोडफोड तथा ढुंगासमेत हानिरहेका छन् । घटना स्थलमा रहेका तु खबरदाताका अनुसार, आफन्तहरुले क्षतिपूर्ति र अस्पताल प्रशासनले माफी माग्नुपर्ने लगायतका माग राखी आन्दोलन गरिरहेका छन् । बरिष्ठ स्त्री तथा प्रसुती रोग बिशेषज्ञ राघबेन्द्र ठाकुरले सुनिताको अप्रेशन गरेका थिए ।

अप्रेसन दोहोराएर गरिएपछि भरतपुर रिफर गरिएको थियो । भरतपुरमा सुनिताको मृत्य भएपछि आफन्तले नाराबाजी गरिरहेका छन् ।

यसरी भयो मकवानपुर सहकारी हस्पिटालमा तनाव, हेर्नुहोस् भिडियो

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*