नेपाली बजारमा आइतबार सुनको भाउ बढ्यो

तु खबर संवाददाता
२०७७ आश्विन १८,आईतवार १४:१८
file-photo

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुचाँदी व्यवसयी महासंघका अनुसार, शुक्रबारको तुलनामा आइतबार छापावाला सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको हो ।

भाउ बढेसँगै आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ५०० रुपैयाँमा काय गरिएको महासंघले जनाएको छ । यसअघि शुक्रबार प्रतितोला ९४ हजार ३ सयमा रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज भाउबढेसँगै तेजाबी सुनको भाउ प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार तेजाबी सुन प्रतितोला ९३ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीमा प्रतितोला पाँच सयले बढेको भएको छ । शुक्रबार प्रतितोला १ हजार १ सय ७५ रहेको चाँदी आज १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*