आज नेपाली बजारमा सुनको भाउ घट्यो

तु खबर संवाददाता
२०७७ आश्विन १५,बिहीबार १६:२२
file photo

काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ घढेको छ । बुधबार प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहिबार २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार, भाउ घटेसँगै आज नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम गरेको छ ।

त्यस्तै आज तेजाबी सुनको पनि भाउ घटेको छ । भाउ घटेसँगै आज तेजाबी सुन प्रतितोला ९४ हजार कायम गरेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १७५ रहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*