जाजरकोटमा कुटपिटबाट युवकको मृत्यु

तु खबर संवाददाता
२०७७ आश्विन १०, शनिबार ०९:१४
file-photo

जाजरकोट । जाजरकोटमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा कुशे गाउँपालिका–२ टालेगाउँका झलक सिंह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार, बिहीबार सामान्य बादविवाद हुँदा टालेलेगाउँका २२ वर्षीय अर्जुन सिंहको कुटाइबाट झलकको मृत्यु भएको हो ।

कुटपिटपछि गम्भीर घाइते भएका झलकको स्वास्थ्य सेवा कार्यालय उपचार गर्दागर्दै शुक्रबार दिउँसो मृत्यु भएको हो ।

आक्रमणमा संलग्न भएको आशंकामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । कुटपिट गर्ने सिंह भने रहेको प्रहरीले जनाएको छ।

घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*