यस्तो छ शनिबारको मौसम पूर्वानुमान

तु खबर संवाददाता
२०७७ आश्विन १०,शनिबार ०८:५३
file-photo

महाशाखाका अनुसार हाल भारतको बिहारमा न्यून चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर–पुर्व सर्दैछ।

महाशाखाले जारी गरेको पूर्वानुमानमा हाल कर्णाली, सुदूरपश्चिम र प्रदेश ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रहेको जनाएको छ ।

यसैगरी, दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरूमा तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक/दुई स्थानमा मेगगर्जन, चट्याङ्गसहित हल्कादेखि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै, प्रदेश नं १ र प्रदेश नं २ को एक/दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

यसैगरी, शनिबार राति प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक/दुई स्थानमा मेगगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जारी पूर्वानुमानमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*