प्रतिवेदन सार्वजनिक नगर्नु रहस्यमय : काँग्रेस

पत्रपत्रिका
२०७७ आश्विन १०,शनिबार ०८:२५

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले हुम्लाको नाम्खामा चीनद्वारा सीमा मिचिएको भन्ने विषयमा अध्ययन गर्न गएको सरकारी टोलीको प्रतिवेदन रहस्यमा राखिएको जनाएको छ ।

कांग्रेसले प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग मागसमेत गरेको छ । ‘सीमाको स्थलगत भ्रमणमा गएको सरकारी टोली सिमकोट फर्किएको २४ घण्टा पुग्दै गर्दा पनि वास्तविक विवरण सार्वजनिक नगरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ कांग्रेसले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ ।

चीनले नेपाली सीमा मिचेर संरचना निर्माण गरेको समाचार सार्वजनिक भएपछि हुम्लाका प्रजिअ, सेनाका सेनानी, सशस्त्र प्रहरी बलका डीएसपीलगायत सम्मिलित टोली स्थलगत अध्ययनका लागि सीमा क्षेत्र पुगेको थियो । उक्त टोलीको प्रतिवेदन आउनुअघि नै परराष्ट्र मन्त्रालयले सीमा नमिचिएको धारणा सार्वजनिक गरेको थियो । त्यसप्रति पनि कांग्रेसले गम्भीर आपत्ति जनाएको थियो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*