मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
विराटनगर । विराटनगरमा मोटरसाइकलको ठक्करबाट आइतवार बिहान एक महिलाको मृत्यु भएको छ ।
को ७ प ५३३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१३ की ४० वर्षीया मीरा ठाकुर रहेका छन् ।
मोरङ प्रहरीका अनुसार, ठाकुरलाई विराटनगर–१० शान्ति चोकमा तीव्र गतिमा रहेको मोटरसाइकलले शनिबार दिउँसो १ बजे ठक्कर दिएको हो। टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी उनको न्युरो अस्पतालमा आइतबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालक विराटनगर–८ का १९ वर्षीय जीयालाल राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
