कतारबाट स्वदेश फर्कने तेश्रो सूचीमा मकवानपुरका ६ महिलासहित ७८ जना

कतारबाट स्वदेश फर्कने तेश्रो सूचीमा मकवानपुर का ७८ जना परेका छन् ।
नेपाली राजदूतावास दोहा कतारले कतारबाट स्वदेश फर्कन पर्ने नेपालीको सूचीमा मकवानपुरका ७८ जनाको नामावली प्रकाशित गरेको छ । जसमा ६ महिला र ७२ जना पुरुष रहेका छन् ।
दूतावासद्वारा जारी सूचीमा मकवानपुरका १६ जना बेतलबी बिदामा, २७ जना कतार आइडी र भिसाको म्याद सकिएको र ३५ जनाले रोजगारी गुमाएको र श्रम करार अवधि समाप्त भएकाले उनीहरुलाई घर जाने सूचीमा राखिएको छ ।
दूतावासले २६ जुनदेखि ११ अगष्ट २०२० सम्म दूतावासको सम्पर्कमा आएका तथा फारम भरेकाको सूची सार्वजनिक गरेको हो ।