राजेश हमालका भाई राकेशको निधन

काठमाडौं । महानायक राजेश हमालका भाई राकेश हमालको निधन भएको छ । अभिनेता हमालका भाई राकेशको बुधबार दिउसो उपचारको क्रममा निधन भएको हो ।
कलेजोको समस्या भएका राकेशको भारतको दिल्लीको ह्याम्स अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो निधन भएको हो ।
रोकशका एक श्रीमती र दुई सन्तान रहेका छन्।
उनको पार्थिव शरीर नेपाल ल्याउने प्रयत्न भईरहेको पारिवारिक श्रोतले जनाएको छ।