राहत र उद्दारमा जुट्न नेता तथा कार्यकर्तालाई नेकपाको निर्देशन

तु खबर संवाददाता
२०७७ श्रावण ६, मंगलवार १४:५०
file photo

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बाढी र पहिरोमा परेकाहरुको राहत र उद्दारमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले बाढी पहिरोमा परेकाहरुको राहत र उद्दारमा जुट्न आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएको हो ।

स्थायी कमिटी बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको छ ।

आज बसेको स्थायी बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*