नेकपा स्थायी कमिटी बैठक केही घण्टा पर सर्यो
नेकपा स्थायी कमिटी बैठक केही घण्टा पर सर्यो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केही घण्टा पर सरेको छ ।
मंगलवार बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक २ घण्टा सरेको स्रोतले बतायो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक सरेर दिउँसो १ बजेको लागि बोलाइएको हो ।
बैठक पार्टी अध्यक्षद्वय अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल हुने भएकाले १ बजेसम्मका लागि बैठक सारिएको बताइएको छ ।
नेकपा स्थायी कमिटी बैठक गत असार १९ गतेदेखि बस्न सकेको छ । त्यसपछि विभिन्न मितिमा बस्ने भनिएको बैठक पटक–पटक स्थगित हुँदै आएको छ ।
