सोमवार नेपाली बजारमा सुनको भाउ घट्यो, कतिमा कारोबार हुँदैछ ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँनी व्यवसायी महासंघका अनुसार सोमवार आइतवारको तुलनामा प्रतितोला २०० रुपैयाँले घटेको हो ।
भाउ घटेसँगै सोमवार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतवार नेपाली बजारमा सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमबार तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला १ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।
