विप्लव समूहका जिल्ला ईन्चार्ज थापा पक्राउ

तु खबर संवाददाता
२०७७ श्रावण ४, आईतवार १३:१५

दाङ । प्रतिबन्धित विप्लव समूहका रोल्पा जिल्ला इन्चार्ज कमल थापा (बिजुली) पक्राउ परेका छन्।

४२ वर्षीय थापा शुक्रबार दिउँसो सुनिलस्मृति गाउँपालिका वडा नम्बर ६ गजुलस्थित घरबाटै पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले पक्राउ गरेको हो ।

विप्लव समुहको राप्ती ब्यूरो सदस्य समेत रहेका थापालाई आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराइने भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेको उनीमाथि विभिन्न व्यापारीलाई फोन गरि चन्दाका लागि धम्किदिने, टेलिफोन टावरमाथि वम विस्फोट गराएका जस्ता अभियोग रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*