कोरोना संक्रमणबाट विदेशमा १ सय ६० जना नेपालीको ज्यान गयो
काठमाडौं । कोरोना संक्रमणबाट विदेशमा १ सय ६० जना नेपालीले ज्यान गुमाएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार गत एक सातामा कतारमा ८, कुवेतमा ३ र संयुक्त अरब इमिरेट्समा ५ जनाले ज्यान गुमाएको हो ।
शनिबार साँझसम्म विश्वका विभिन्न १४ मुलुकमा १ सय ६० नेपालीले ज्यान गुमाएको गैरआवासीय नेपाली संघले जनाएको छ ।
संघले २८ हजार ६ सय ८१ जना अर्थात् ९३ प्रतिशत नेपाली संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् ।
