नेकपाले बोलायो सचिवालय बैठक
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ । नेकपाले शनिबार दिउँसो ३ बजेको लागि सचिवालय बैठक बोलाएको हो ।
शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटवार्तामा शनिबार सचिवालय बैठक बस्ने सहमति भएको हो ।
त्यस्तै, शुक्रबार बस्ने भनिएको स्थायी कमिटी बैठक भने आइतबारसम्मको लागि स्थगित भएको छ । नेकपा स्थायी कमिटी बैठक गत असार १८ गतेदेखि बस्न सकेको छैन । नेकपाभित्र देखिएको विवाद समाधान नभएपछि स्थायी कमिटी बैठक पटक-पटक स्थगित भइरहेको छ ।
