नेकपा स्थायी कमिटी बैठक केही घण्टा पर सर्यो

तु खबर संवाददाता
२०७७ श्रावण २, शुक्रबार ११:२१
File Photo

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केही घण्टा पर सरेको छ । शुक्रबार बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेको लागि सरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठकका लागि अधिकांश स्थायी कमिटी सदस्यहरु ११ बजे नै पुगेका थिए । तर, प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि बैठक सरेको नेकपा स्रोतले बतायो ।

नेकपा स्थायी समिति बैठक गत असार १८ गतेदेखि बस्न सकेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*