मंगलवार यस्तो छ सुनचाँदीको भाउ
काठमाडौं । नेपाली बजारमा मंगलवार (आज) सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलवार सोमवारको तुलनामा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको छ ।
भाउ घटेसँगै मंगलवार छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमवार छापावाल सुन ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, मंगलवार तेजावी सुनको भाउ पनि बढेर प्रतितोला ९१ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार, सोमवार तेजावी सुन प्रतितोला ९१ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलवार चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर तोलामा ९९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
