बागमती प्रदेश सभा सचिवालयमा २ वटा विधेयक दर्ता

तु खबर संवाददाता
२०७७ असार २९, सोमबार १४:१०

मकवानपुर । बागमती प्रदेश सभा सचिवालयमा आज सोमवार दुई वटा विधेयक दर्ता गरिएको छ । प्रदेश सभा सचिवालयमा आज प्रदेश सरकारको तर्फबाट आज २ वटा विधेयक दर्ता गरिएको प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।

आज दर्ता भएको ती विधेयकहरुमा वातावरण संरक्षणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४ को प्रथम संसोधन र प्रदेशमा आर्थिक कार्यविधि ऐन २०७४ को अध्यादेशलाई संसोधन गर्न बनेको विधेयक २०७७ रहेको छ ।

आगामी साउन २ गते बस्ने प्रदेश सभाको बैठकमा ती विधेयकहरुलाई पूर्ण छलफलको लागि प्रस्ताव प्रस्तुत हुने प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्काले जानकारी दिए ।

प्रदेश सभाको बैठक यसअघि असार १९ गते विनियोजित बजेट पारित गरी स्थगित भएको थियो । त्यसपछि असार २९ गते अर्थात आज सोमवार दिउँसो २ बजेको लागि तय भएको बैठक पनि विभिन्न समस्याका कारण स्थगित गरी साउन २ गतेको लागि तय भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*