राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबिच भेटवार्ता जारी, साँझ ७ बजेका लागि मन्त्रीहरुलाई पनि बोलाइयो
काठमाडौँ । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ भेट गर्न मन्त्रीहरुलाई बालुवाटर बोलाएका छन् ।
नेकपाभित्र तीब्र विवाद भइरहेको बेला प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीहरुलाई बोलाइएको विषयलाई चासोका साथ हेरिएको छ ।
अहिले प्रधानमन्त्री ओली भने भेट वार्ताको लागि राष्ट्रिपति कार्यालय शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीसंगको भेट पनि प्रधानमन्त्रीले मन्त्रीहरुसंग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
भेटमा के विषयमा छलफल हुने हो सो बारे भने नीजि सचिवालयले जानकारी दिएको छैन ।
